बुवाको सम्झनामा विद्यालयमा एक लाखको अक्षयकोष
पाल्पा- जिल्लाकाे तानसेन नगरपालिका वडा न ७ निवासी गिर बहादुर बगालेले स्वर्गीय बुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको छ । घर रिब्दीकाेट वडा नं. ६ ठिमुरे भएता पनि हाल तानसेन वडा न ७ काजीपाैवा निवासी समाजसेवी बगालेले बाल ज्याेती प्राथमिक विद्यालयकाे नाममा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको हाे ।
समाजसेवी बगालेले विद्यालयकाे ३१ औं वार्षिकोत्सब तथा अभिभावक दिवसकाे अवसरमा विद्यालयमा नै पुगी चेक विद्यालयका प्रधानाध्यापक बिष्णु बहादुर थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गम्भीर रायमाझीलाई हस्तान्तरण गर्नु भएको हाे ।
अक्षयकोषको व्याजले विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई वार्षिक रुपमा पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ । विद्यालयका प्रतिभाशाली र जेहेन्दार विद्यार्थीको उज्ज्वल भविष्यका लागि उक्त अक्षयकोष स्थापना गरेकाले उद्देेश्य प्राप्तिका लागि उक्त अक्षयकोष उपयोग गरिने विद्यालयका प्रधानाध्यापक बिष्णु बहादुर थापाले जानकारी दिनुभयाे । समाजसेवी बगालेले स्वर्गीय बुवा अमर बहादुर बगालेकाे सम्झना अक्षयकाेष स्थापना गर्नु भएको हाे ।
समाजसेवी बगाले जिल्लाकाे विभिन्न सामाजिक कार्यमा सकृय रहदै आउनु भएको छ । उहाले विगतका समय देखि मन्दिर,बाटाे,खानेपानी,विद्यालयहरूलाई सहयोग गर्दै आउनु भएको छ । उहाँ त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक एवम बगाले प्रेस उधाेगका मालिक समेत हुनुहुन्छ ।








































Comments