बुद्व शान्ति सामुदायिक विद्या मन्दिरलाई पाल्पा जेसीजकाे समन्वयमा सहयाेग
पाल्पा- जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको सस्था पाल्पा जेसीजले बगनासकाली-१ खोरबारी स्थित बुद्ध शान्ती सामुदायिक बिद्या मन्दिरमा कक्षा कोठाको छानो मर्मत गरिदिनुका साथै ५ वटा ढोका सहयोग गरेको छ ।
कार्यक्रम पाल्पा जेसीजका अध्यक्ष जेसी अर्जुन कार्कीको प्रमुख आतिथ्यता र बिद्यालयका अध्यक्ष चन्द्र वीर चिदी थापाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बर्ष २०२४ का अध्यक्ष कार्कीले १८ बर्ष देखि ४० बर्ष सम्मका युवाहरूकाे व्यक्तित्व र नेतृत्व विकास गर्दै सक्षम नागरिक बनाउने अभियानमा सकृय रहेको संस्थाले विधार्थीको पठन पाठनमा बाधा नआओस र शिक्षाको उज्यालो प्रकाश पाउनबाट बन्चित नहुन भन्ने मुख्य उधेश्यका साथ बिद्यालयमा सहयोग गरेको अध्यक्ष कार्कीले बताउनुभयो । बालबालिकाको भविष्य अन्धकार नभई उज्यालो हुनुपर्दछ भन्ने सोचका जर्मन युथ भोल्युन्टियरको आर्थिक सहयोगमा जेसीजले समन्वय गरि करिब ३ लाख रुपैयाँ बराबर कक्षा कोठाको ट्रस्ट निर्माण र ५ वटा फलामको ढोका निर्माणार्थ सहयोग गरेको कार्यक्रम संयोजक जेसी निजमदिन मियाले बताउनुभयाे ।
कार्यक्रममा पुर्ब जेसीज अध्यक्ष एवम बर्ष २०२४ का सल्लाहकार द्वय जेसी मिलन मुनि शाक्य, जेसी पुर्णराज शाक्यले विद्यालयलाई विगत ९ बर्ष देखि विभिन्न माध्यमबाट सहयोग गर्दै आएकाे बताउनुभयो । सस्थाले युवा शक्तिकाे नेतृत्व विकास सँगै जिल्लाकाे आर्थिक,सामाजिक रूपले पछाडि परेका व्यक्ति,सस्था र समुदायमा पुगी सामाजिक उत्तरदायित्वकाे भावना अनुरूप सामाजिक कार्य गर्दै आएकाे बताउनुभयो । बिद्यालयका प्रधानाध्यापक डोल राज रेश्मीको सञ्चालनमा भएको कार्यक्रममा बिधालय ब्यवस्थापन अध्यक्ष चन्द्रबिर चिदीले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको बर्ष २०२४ का महसचिव जेसी बिजय कार्कीले जानकारी दिनुभयाे ।
नवनिर्वाचित अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व बहन गरि स्थानीय पालिकाहरूसँग समन्वयमा युवाहरूकाे व्यक्तित्ब र नेतृत्व विकास गर्नका लागि युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो ।








































Comments