बेथल इङ्गलिश बोर्डिङ स्कूललाई ‘राष्ट्रिय SQC स्कूल अवार्ड–२०२६’

पाल्पा जिल्लाको तानसेनमा रहेको बेथल इङ्गलिश बोर्डिङ स्कूल ले ‘राष्ट्रिय SQC स्कूल अवार्ड–२०२६’ प्राप्त गरेको छ । क्वेस्ट नेपालको आयोजनामा पोखरास्थित सेन्ट म्यारी स्कूलमा सम्पन्न १९औँ राष्ट्रिय विद्यार्थी गुणस्तर वृत्त सम्मेलन (NCSQC) मा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयले उक्त अवार्ड हात पारेको हो ।

 

देशभरका १८३ विद्यालय मध्येबाट उत्कृष्ट तीन विद्यालय को सूचीमा पर्दै विद्यालयले अवार्ड प्राप्त गरेको विद्यालयका प्रिन्सिपल रुपचन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार विद्यार्थी सहभागिता, नेतृत्व विकास, समस्या समाधान क्षमता, सहकार्य, शिक्षण–सिकाइ प्रक्रिया तथा समग्र व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन भएकाले यो उपलब्धि हासिल भएको हो ।

 

अवार्डले विद्यालयको गरिमालाई थप उचाइमा पुर्‍याएको विश्वास व्यक्त गर्दै प्रिन्सिपल थापाले बताउनुभयो कि विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धि र अन्तर्निहित प्रतिभा विकासलाई प्राथमिकतामा राख्दै आएको छ । विद्यालयमा कक्षा ६, ७ र ८ मा SQC विषय नियमित रूपमा पढाइ हुँदै आएको छ भने हरेक वर्ष विद्यालयस्तरीय SQC कन्भेन्सन पनि आयोजना हुँदै आएको छ । 

 

विद्यार्थीहरूको Pro-social Personality Development का लागि विद्यालयले सन् २००८ देखि नियमित रूपमा SQC सम्बन्धी तालिम, प्रशिक्षण, सेमिनार तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता जनाउँदै आएको प्रिन्सिपल थापाले बताउनुभयो। उहाँले SQC ले विद्यार्थीमा समालोचनात्मक चिन्तन, आत्मबोध र आत्ममूल्यांकन जस्ता सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । 

Comments