बुटवलमा मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको लागि एक दिने नि:शुल्क दन्त शिविर

पाल्पा-बुटवलमा मस्तिष्क पक्षघात तथा  स्नायु बिकृती भएका बालबालिकाहरुको लागि एक दिने नि:शुल्क दन्त शिबिर सम्पन्न भएको छ । शिविर आले डेन्टल हस्पिटल प्रा.ली. बुटवल ६ श्रवणपथको आयोजनामा भएको हो । 

 

अपांग  मस्तिष्क पक्षघात स्वलम्बन समूह नेपालबाट संचालित  अपांग दिवा स्याहार  केन्द्र बुटवलमा मस्तिष्क पक्षघात तथा  स्नायु बिकृती भएको बालबालिकाहरुको लागि एक दिने दन्त शिबिर सम्पन्न भएको अपांग  मस्तिष्क पक्षघात स्वलम्बन समूह नेपाल बुटवलका व्यवस्थापक शैलेश थापाले बताउनुभयो । शिविरबाट २५ जना बालबालिकाहरु लाभान्वित भएको बताउनुभयो । 

 

आले डेन्तल हस्पिटल प्रालीका व्यवस्थापक सुशील आलेले  हस्पिटलले सामाजिक उत्तरदायित्व अनुरूपमा फरक क्षमता भएका बालबालिकाहरूको निशुल्क दन्त परिक्षण गरिएको बताउनुभयो । हस्पिटलले ५ जनालाई ब्रसिङ्ग तथा ७ जना बालबालिकाहरुको दात सफा गर्ने कार्य गरिएको बताउनुभयो । 

 

फरक क्षमता अन्तर्गत विशेषगरी मस्तिष्क पक्षघात भएका बालबालिकाहरूको दातमा समस्या भइ जटिलता उत्पन्न हुने भएकाले हस्पिटलले शिविर नै राखेर निशुल्क दन्त उपचार गरेको बताउनुभयो । शिविरबाट निशुल्क दन्त सम्बन्धि सेवा लिन पाउँदा खुशी भएको सेवाग्राहीहरूको भनाई रहेको छ । हस्पिटलले आगामी दिनमा सामाजिक उत्तरदायित्वलाई मध्ये नजर गरि अन्य स्थानहरूमा यस्ता शिविर सञ्चालन गर्ने व्यवस्थापन सुशील आलेले बताउनुभयो ।

Comments