बुटवलमा मनाइयाे विश्व मस्तिष्क पक्षघात दिवस
बुटवल– बुटवलमा सचेतनामूलक कार्यक्रम गरी विश्व मस्तिष्क पक्षघात दिवस मनाइएको छ । विश्व मस्तिष्क पक्षघात दिवसको अवसरमा बुटवलकाे पुल चाेक देखि जेसिज चाेक सम्म र्याली गरि मस्तिष्क पक्षघात स्वावलम्बन अभिभावक समूह बुटवलले जनचेतनामूलक कार्यक्रम गरेर दिवस मनाएको हो । विश्व मस्तिष्क पक्षघात दिवसको अवसरमा बुटवलमा जनचेतनामूलक प्लेकार्ड बोकेर वाकथनसमेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल वडा न ३ का वडा अध्यक्ष बिष्णु प्रसाद ढकालले बुटवल सञ्चालित मस्तिष्क पक्षघात स्वावलम्बन अभिभावक समूहलाई वडाले प्रत्येक बर्ष बजेट बिनियाेजन गरि सहयोग गर्दै आएकाे बताए । मस्तिष्क पक्षघात भएका बालबालिकाहरूलाई उपमहानगरपालिकाले
विगतका बर्षमा कृर्ची,टेवल वितरण गरेको बताए । विशेषगरी मस्तिष्क पक्षघात भएका बच्चाहरूकाे साेच्ने शक्ति तिव्र हुने हुदा नेपाल सरकारले यस्ता बच्चाहरूकाे लागि अध्ययन गर्ने विद्यालयकाे सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने साहित्यकार झमक कुमारी घिमिरे पनि मस्तिष्क पक्षघातबाट पिडित हुन । उनले साहित्य सिर्जनाकाे माध्यमबाट विश्वमा आफ्नाे नाम राेसन गर्न सफल भएकि छन । त्यसैले नेपाल सरकारले नै यस्ता बच्चाहरूकाे लागि विद्यालय खाेली उनिहरूकाे क्षमता र रुचि अनुसारकाे अध्ययन गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलियम डिलर एशाेसियसनका प्रतिनिधि भरत जङ कुवरले मस्तिष्क पक्षघात भएका बालबालिकाहरूलाई सबैले आफ्नाे ठाउँबाट सक्दाे सहयोग र प्राेत्साहन गर्नुपर्ने कुरामा जाेड दिए । सस्थालाई पश्चिमाञ्चल पेट्रोलियम डिलर एशाेसियसनले १० लाख रूपैयाँ बैंकमा राखि त्यसैकाे ब्याजबाट कार्यालय सञ्चालनकाे लागि सहयोग गर्दै आएकाे बताए । मस्तिष्क पक्षघात भएका बालबालिकाहरूलाई राज्यले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउनुपर्ने बताए । कार्यक्रममा डे केयर सेन्टर पाल्पाका प्रमुख कृष्ण गहतराजले मस्तिष्क पक्षघात रागे नभइ बच्चामा जन्मजात रूपमा हुने बिशेष परिस्थिति रहेको बताए । मस्तिष्क पक्षघात अरूलाई सर्दैन,बिशेष गरि मस्तिष्क पक्षघात भएका बालबालिकामा अन्य बालबालिकामा भन्दा धेरै तृष्ण क्षमता हुने हुदा सरकारले उतिच किसिमले यस्ता बालबालिकाहरूका लागि विद्यालय सञ्चालन गर्न जरूरी रहेको बताए
कार्यक्रममा मस्तिष्क पक्षघात स्वावलम्बलन समूह बुटवलका प्रमुख शैलेश थापाले सरकारी निकायबाट मस्तिष्क पक्षघात भएका बालबालिकाहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने बताए । कतिपय स्थानीय तहहरूले नै यस्ता बालबालिकाहरूलाई अध्ययन अध्यापक गराउने विद्यालय खाेली सञ्चालन गरिरहेकाे परिस्थितिमा बुटवल उपमहानगरपालिकाले पनि यस तर्फ ध्यान दिनुपर्ने बताए ।
मस्तिष्क पक्षघात समुदायमा पाइने बालबालिकाहरूमा हुने शारीरिक अपाङ्गताहरूको एक प्रमुख कारण हो । हरेक पाँचसय बालबालिकामा एक जनालाई मस्तिष्क पक्षघात भएको छ र संसारभरी एक करोड बालबालिकालाई मस्तिष्क पक्षघात भएको अनुमान छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्क पक्षघातको शिकार हुने गरेका छन् भने १७ लाख मानिस यसबाट प्रभावित भएको देखिन्छ । मस्तिष्क पक्षघात भएका बालबालिका र उनीहरूको परिवारले ती बालबालिकाहरूको हिडडुल, दैनिक विद्यालय आउने जाने र स्वास्थ्य सेवा प्राप्त गर्ने कुरामा अप्ठ्यारा र चुनौतीहरू सामना गरिरहेका छन् ।








































Comments