बुटवल सुनचाँदी व्यवसायी संघले ज्ञापन पत्र हस्तान्तरण

बुटवल -बुटवल सुनचाँदी व्यवसायी संघले साेमबार ज्ञापनपत्र हस्तान्तरण गरेका छन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमूख जिल्ला अधिकारी गणेश अर्याल  मार्फत बोद्यार्थ: नेपाल सरकार अर्थ मन्त्रालय बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापन पत्र हस्तान्तरण गरिएको हाे ।

 

बुटवल सुनचाँदी व्यवसाय संघका अध्यक्ष गाेकुल विश्वकर्माले ५ बुदे माग सहित ज्ञापन पत्र प्रदान गरेका हुन । ज्ञापन पत्रमा हाल वृद्धी गरेको सुनको भन्सार महसुल खारेज गर्नुपर्ने, सुनचाँदी सम्बन्धी निर्देशिका अविलम्ब लागु गर्नु पर्ने, सुन वितरण प्रणालीलाई प्रदेश स्तरिय बनाउनु पर्ने र व्यवसायी मैत्री निती लागु गर्नुपर्ने माग सहित ज्ञापन पत्र हस्तान्तरण गरेका हुन । 

 

बिज्ञप्तिमा उल्लेख गरिएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धीसगै नेपालमा सुनको व्यवसाय खस्कदो अवस्थामा गुज्रिएको छ । हालको बिद्यमान सुनचाँदी आयतले व्यवसायीहरुको व्यवसाय संञ्चालनको लागी आवश्यक कच्चा पदार्थ प्राप्त गर्न नसकेको अवस्थामा विदेशी मुद्रा संञ्चितीको कारणले सुन आयतमा राज्यबाट गरिएको नियन्त्रणले व्यवसायहरु मारमा परेको र देश संघिय संरचनामा गै सक्दा पनि सुन बितरण प्रकृया अझै पनि केन्द्रीकृत रहीरहनु आफैमा बिडम्बना पुर्ण छ । त्यसैले नेपाल सरकारले अबलम्बन गरेका निति तथा कार्यक्रमहरुले मोफसलमा व्यवसाय गर्ने साना व्यवसायीहरुलाई ठूलो क्षती पुगेको छ ।  नेपाल सरकारले आ.व २०८१/८२ को लागी प्रस्तुत गरेको निति कार्यक्रम तथा बजेटमा सुनचाँदी आयातमा भन्सार दर वृद्धी गरी १५% लाई ५% बुद्धी गरी नयाँ दर कायम गरेको हुदाँ यस्तो नितिले व्यवसाय संञ्चालन गर्न नसक्ने अबस्था हुने र खुल्ला सिमानाका कारणले छिमेकी देशबाट सुनका रेडिमेट गरगहना र काचो सुनको आयत वृद्धिले राज्यलाई राजश्वमा क्षति हुने र व्यवसायीहरु विस्थापित हुने अवस्थालाई निराकरण गर्नको लागी बुटवल सुनचाँदी व्यवसायी संघले विभिन्न व्यवसायी मागहरु सहित जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत नेपाल सरकारका सम्बन्धित निकायहरुमा  ज्ञापनपत्र पेश गरेका छौ । विज्ञप्तिमा भएको छ ।

 

ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य दिपक विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका लुम्विनी प्रदेश उपाध्यक्ष हरि बहादुर  सुनार,रूपन्देही सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष एस रत्न बज्राचार्य,जिल्ला सदस्य हेम बहादुर विश्वकर्मा ,सल्लाहकार सुरेश रत्न बज्राचार्य,हर्ष बहादुर विश्वकर्मा लगाएले मन्तव्य राख्नु भएको थियाे । 

 

बुटवल सुनचाँदी व्यवसायी संघका प्रवक्ता कुष्ण सुनारले नेपाल सुनचाँदी व्यवसायी महासंघले केन्द्र देखि नै विभिन्न माग सहित ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको र साेहि अनुसार बुटवल सुनचाँदी व्यवसायी संघले पनि जिल्ला प्रशासन कार्यालय रूपन्देहीकाे बोद्यार्थ: नेपाल सरकार अर्थ मन्त्रालय बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको बताए । महासंघकाे माग सम्बाेधन नभए केन्द्र  निर्णय अनुसार बुटवल सुनचाँदी व्यवसायी संघले थप आन्दाेलनका कार्यक्रमलाई अगाडि बढाउने बताए । महासंघकाे मागलाई गम्भीर रूपमा लिन र सम्बाेधन गर्न प्रवक्ता सुनारले ध्यानाकर्षण गराएका छन ।

Comments