बुटवल बहुमुखी क्याम्पसमा नेता नारायण घिमिरेमाथि आक्रमण, नेविसंघको कडा प्रतिक्रिया
बुटवल – बुटवल बहुमुखी क्याम्पस परिसरमा आज एक अराजक समूहद्वारा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थी नेता नारायण घिमिरेमाथि सांघातिक आक्रमण गरिएको छ । नेविसंघ जिल्ला कार्यसमितिले उक्त घटनामा गम्भीर ध्यानाकर्षण गर्दै, यसको घोर निन्दा गरेको छ र दोषीलाई कडा कारवाहीको माग गरेको छ ।
नेविसंघका अनुसार, नेता घिमिरेले चैत्र ११ गते स्ववियु निर्वाचनको सन्दर्भमा राज्य टेलिभिजनमा दिएको अन्तर्वार्ता र वाक स्वतन्त्रता विषयमा प्रहार गरिएको कुरा अत्यन्तै खेदजनक रहेको बताएका छन् । यो घटनाले शैक्षिक स्थलहरूमा हुने अराजक र हिंसात्मक क्रियाकलापको घातक परिणामलाई झल्काउँछ।
नेपाल विद्यार्थी संघले "विश्वविद्यालय बाहुबलको प्रयोग गर्ने थलो होइन, यो त विचार र सिर्जनाको द्वन्द्वात्मक भूमि हो" भन्ने विपि कोइरालाको भनाइलाई स्मरण गर्दै, बुटवल बहुमुखी क्याम्पसमा भएको हमलाको छानबिन गर्न र दोषीहरूलाई कानूनी कारवाही गर्न नेपाल प्रहरी र क्याम्पस प्रशासनलाई जोडदार आग्रह गरेको छ। नेविसंघले शैक्षिक संस्थानहरूमा शान्तिपूर्ण र सकारात्मक वातावरण कायम राख्नको लागि प्रत्येक कागजात र अनुसन्धानको पूर्ण समर्थन गर्ने जनाएको छ ।








































Comments