बिष्णु माध्यमिक विद्यालय बगनासकाली वडा न २ पाल्पाको ६४ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

पाल्पा- जिल्लाकाे बगनासकाली गाउँपालिका वडा न २ मा अवस्थित बिष्णु माध्यमिक विद्यालयकाे ६४ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । वि स २०१७ सालमा स्थापना भएको विद्यालयले वार्षिकोत्सब मनाएकाे हाे । कार्यक्रमकाे उद्घाटन लुम्बिनी प्रदेशका पुर्व उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री एवम लुम्बिनी प्रदेशका सांसद वीर बहादुर रानाले गर्नुभएको हाे । 

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सांसद रानाले समय अनुकुल व्यवहारिक शिक्षाकाे आजकाे आवश्यकता रहेको बताउनुभएकाे छ । अहिले शिक्षा प्रणालीलाई समय अनुकुल बनाई व्यवहारिक बनाउन आवश्यक रहेको बताउदै देशका तिनै तहका सरकारले यस बिषयमा छलफल र बहस गर्न आवश्यक रहेको बताउनुभयो । फरक प्रसङ्गमा सांसद रानाले आजभाेली गाउँमा शिक्षा,स्वास्थ,भाैतिक पुर्वधार लगाएतका सेवा सुविधा आए पनि नागरिकहरू बसाइँसराइ गरि गाउँ छाेड्ने क्रम बढेको बताउनुभयो । विकास गाउँ तर्फ फर्किने तर मानिसहरू गाउँ छाेडेर विकसित शहर तर्फ स्थान्तरण भएकाले गाउँघरलाई हराबरा बनाउन जन्म घर फर्केर हेर अभियानलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो  । यस्का लागि ग्रामीण बस्तीमा १२ महिना चल्ने  सडक बताउन,एक घर एक धारा,शिक्षा,स्वास्थ्य,लगाएतका कुराहरूलाई व्यवस्थित गर्न प्रदेश सरकारले संकलन गरि अगाडि बढेको बताउनुभयो ।

 

कार्यक्रमका विशिष्ट अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि पाठकले हरेक विद्यालयकाे समग्र विकासका लागि शिक्षक,विद्यार्थी र अभिभावककाे त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताउनुभयो । त्यसैले विद्यालयकाे समग्र विकासका लागि यी तिनै पक्ष एक भइ अगाडि बढ्न आर्गह गर्दै विद्यालयकाे चाैतर्फी विकासका लागि गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्वता जाएर गर्नु भयाे । 

 

कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रवक्ता टीका थापा,वडा न २ का वडा अध्यक्ष तिर्थ प्रसाद भट्टराई,पुर्व प्रअ टेक नाथ शर्मा गैरे,प्राध्यापक सुदर्शन नेपाल,पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव नेपाल लगाएतले वार्षिकोत्सब अवसरमा शुभकामना दिनुभएको थियाे । कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक चुरामणी ढकालले १ कराेड ७२ लाख ५२ हजार ७ सय १५ रूपैयाँ बराबरको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुति गर्नु भएको थियाे । 

 

कार्यक्रममा शिक्षिका इन्दिरा नेपाल र विद्यार्थी सृष्टि भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियाे । भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपेन्द्र गैरेकाे अध्यक्षमा सम्पन्न भएको थियाे । कार्यक्रममा अध्यक्ष गैरे विद्यालय पाेखराथाेकमा एक छुट्टै पहिचान बाेकेकाे विद्यालय रहेकोले यस्काे समग्र विकासका लागि व्यवस्थापन समिति अग्रसर भइ लाग्ने बताउनुभयो । विद्यालयमा विद्यार्थीकाे सङ्ख्या वृद्धि गर्ने,विद्यार्थीहरूलाई आवतजावत गराउन स्कुल बसकाे सञ्चालनकाे लागि पहल गर्ने,विद्यालयकाे भाैतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि बिशेष याेजनाका साथ अगाडि बढ्ने बताउनुभयो ।

Comments