बराङ्दी घिउसिबास पाल्पामा यही माघ १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत महापुराण हुने ।

पाल्पा २७ पौष 

बगनासकाली गाउँपालिका वडा नं ८ बराङ्दी घिउसिबास पाल्पामा यही माघ १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१ सञ्चालन हुने भएको छ । धार्मिक महोत्सवको बारेमा सिद्धबाबा मन्दिर परिसरमा आज पत्रकार सम्मेलन गरी यज्ञ गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराइएको छ । महायज्ञमा महिला बाचिका विदुषी गरिमा उपाध्याय भक्त किंकरीले श्रीमद भागवत बाचन सहित देवलिला, जनचेतनामुलक नाटकह, संगितमय भवन कृर्तन कार्यक्रम रहेको छ । 

 

बगनासकाली गाउँपालिकाको उत्तरी क्षेत्रलाई धार्मिक पर्यटकीय तीर्थस्थल बनाउने उद्देश्य सहित सिद्धबाबा मन्दिर परिसरमा सत्संग हल निर्माण र मन्दिरको चौतर्फी विकास गर्नको साथै मन्दिर परिसरमै भव्य नागको विराट मूर्ति निर्माण गर्ने उद्देश्यका साथ श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव गर्न लागिएको मूल आयोजक समितिका संयोजक गणेश प्रसाद बस्यालले जानकारी दिए ।

 

मन्दिरमा तीन सय वर्ष अगाडिदेखि नै पूजाआजा हुँदै आएको र यस क्षेत्रमा निरन्तर नागदेवता,शव, विष्ण,ु भगवती। लगायतका देवी देवताहरूको बासस्थान भएकोले भक्तजनको सेवा सुविधा देखी मन्दिदरमा आवश्यक पूर्वाधार निर्माण गर्नको लागि महायज्ञ गर्न लागिएको सिद्धवावा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितीका अध्यक्ष मोहन  अर्यालले जानकारी दिए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष एवं महायज्ञ प्रचार प्रसार संयोजक कमलराज तिमिल्सेनाले महायज्ञलाई सफल बनाउने जिम्मेवारी मिडियाहाउस तथा पत्रकारहरुको रहेकोले सूचना तथा संचारका विषयमा आवश्यक सहयोग र सहकार्य गरेर जानुपर्नेमा जोड दिए । 

भगवानप्रति आस्थावान भएर आत्म शुद्ध गरी बराङ्दी घिउसिबासको सिद्धवावा  मन्दिरमा आई वरदान मागेमा प्राप्त हुने जनविश्वास अझै पनि कायम रहेको छ ।  महायज्ञमा बिहान ७ बजेदेखि ९ बजेसम्म श्रीमद भागवत महापुराण, वेद, चण्डी पाठ रुद्राभिषेक सहस्र जलधारा बेलपत्र अर्पण ग्रह शान्ति पुजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजन, सहित पित्रीको फोटो राखी अर्पण लगायतका कार्यक्रम गरिनेछ । 

 

यसै महायज्ञमा बिहान १० बजेदेखि अपरान ४ बजेसम्म संगीतमय कथा प्रवचन भजन किर्तन देवदेवताका लीलाहरू प्रस्तुत गरिनेछ ।  श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा पुग्ने भक्तजनले अर्पण गरेको रु.५०० सम्म दानपत्रमा राखिनेछ ।  ५०० देखि माथि १ हजा ५००  रुपैयाको नगदी रसिद काटिनेछ ।  १ हजार ५०० देखि ३ हजार रुपैया सम्म दान गर्ने भक्तजनको लागी फूलमाला सहित मञ्चबाट नाम घोषणा गरी सम्मान गरिने छ ।  यसैगरी ३ हजारदेखि ५ हजार सम्म दान गर्ने भक्तजनलाई रामनामी वडाएर सम्मान गर्ने १० हजार देखि २० हजार सम्म दान गर्ने भक्तजनलाई भक्तजनलाई गोल्डेन फ्रेममा सम्मानपत्र सहित रुद्राक्षको माला प्रदान गरी सम्मान , २० हजारदेखि ३५ हजार सम्म दान गर्ने दानवीरलाई सम्मन सहित  एकजना व्यक्तिको नाम शिलालेखमा राखिने र  ३५ हजारदेखि ५० हजारसम्म दान गर्ने भक्तजनलाई भिआइपी गोल्डेन फ्रेममा सम्मानपत्र सहित दम्पतिको नाम शिलालेखमा राखिने मन्दिरका सल्लाहकार एव जनप्रतिनिधी कृष्ण प्रसाद भुसालले बताए ।  

 

यसैगरी ५१ हजारदेखि ७५ हजार सम्म दान गर्ने दानवीरलाई ड्रागन फ्रेममा गोल्डेन सम्मानपत्र सहित दम्पति मातापिताको नाम शिलालेखमा राखिनेछ ।  ७५ हजार देखि १ लाख सम्म दान गर्ने दानवीरलाई भिआइपी मा गोल्डेन सम्मान पत्र सहित तीन पुस्ताको शिलालेख राखिनेछ ।  १ लाखदेखि १ लाख ५० हजार सम्म दान गर्ने भक्तजनलाई स्वस्तिक वाचन बाजागाजा सहित सम्पूर्ण परिवारलाई सत्तलमा दानवीरको फोटो फ्रेममा राखिनेछ ।  एक लाख ५० हजारदेखि दुई लाख सम्म दान गर्ने भक्तजनलाई समितिले निर्णय गरी आजीवन सदस्यता प्रदान गरी तीन पुस्ताको नाम ताम्रपत्रमा राख्ने, २ लाखभन्दामाथि सहयोग गर्ने दानवीरलाई समितिले निर्णय गरी मानार्थ आजीवन सदस्यता पन्चेबाजा सहित नगर परिक्रमा साथै एकल पुस्ताको नाम ताम्रपत्रमा राखिने कार्यक्रम रहेको मन्दिर व्यबस्थापन समितीले जनाएको छ । 

 

यसैगरी मन्दिर व्यवस्थापन समितिले महायज्ञमा रुद्रीको लागि ५ हजार १०० रुपैयाँ,व्रतबन्धको लागि रु. १०, हजार, लक्ष्यबत्तीको लागि रु १० हजार चौरासी पूजा तथा तुलादानको लागि रु २५ हजार, महा आरती व्यक्तिगतको लागि रु २ हजा ५०० तोकेको छ ।  यसैगरी महायज्ञमा महा आरती संस्थागत रुपमा रु४ हजार ५०० रुपैया,  दैनिक कर्ता हुन चाहेमा  ५ हजार १०० रुपैयाँ  दैनिक प्रसादको व्यवस्थापन गर्न चाहेमा  ५ हजार १००  रुपैया, ब्राह्मण भोजन गराउन चाहेमा रु १० हजार र  दैनिक भण्डारा लगाउन चाहेमा २० हजार  १००  रुपैया तोकेको छ ।  पत्रकार सम्मेलन महायज्ञ मुल आयोजक समितीका संयोजक  गणेश बस्यालको अध्यक्षता र पत्रकार दयाराज न्यौपानेको संचालनमा भएको थियो  ।

Comments