ब्लड क्यान्सरबाट जीवन-मृत्युको संघर्षमा लीला पाण्डे – सहयोग गरिदिनहुन परिवार अपिल
पाल्पा – तानसेन नगरपालिका वडा नं. १४, अर्गलीकी २२ वर्षीया लीला पाण्डे अहिले अस्पतालको शैयामा जीवन र मृत्युबीच संघर्ष गरिरहेकी छिन् । उनका बुबाआमा अनन्त प्रसाद पाण्डे र मुना पाण्डे सामान्य कृषक परिवारका हुन । पाँच छोरीमध्ये लीला काइली छोरी हुन् ।
जेठ १२ गते, लिलालाई ज्वरो र कमजोरी देखिएपछि बुटवलको कृमसन अस्पताल लगियो । ६ पोका रगत चढाइयो, तर सुधार नआएपछि तुरुन्तै काठमाडौँको टिचिङ अस्पताल लगिएको थियो । जेठ १४ गते ब्लड क्यान्सरको शंका गर्दै भारत नमुना पठाइयो । केही दिनमै पुष्टि भयो – लीला Acute Leukemia (ब्लड क्यान्सर) बाट पीडित छिन्।
उपचार अहिले पनि टिचिङ अस्पताल, महाराजगञ्जको ICU मा जारी छ । उनलाई नियमित रगत चढाउनुपर्ने, भेन्टिलेटरमा राखेर कीमोथेरापी चलिरहेको अवस्था छ । तर यो उपचार लामो, महँगो र निकै कठिन छ । लिलाका बुबाआमा भन्छन्, “छोरीको आँखामा अझै बाँच्ने रहर छ, तर हाम्रो हात रित्तिएको छ… हाम्रो काइली छोरी हिजो मात्रै खेतपातीमा दौडिन्थी, आज अस्पतालमा निदाएकी जस्ती देखिन्छ । हामीले जे सकिन्छ गर्यौं, अब समाजसँग हात थाप्नुपरेको छ । ”
सानो सहयोगले पनि लीला पाण्डेको उपचारमा ठूलो योगदान पुग्नेछ। देश-विदेशमा रहनुभएका सम्पूर्ण मनकारी दाजुभाइ, दिदीबहिनीहरूसँग लिलाको जीवन फर्काउने आशाको किरण बनिदिनुहुन परिवार स्त्राेतकाे अपिल छ ।
सिधै सहयोग गर्न सकिने बैंक विवरण र QR कोड:
• नाम: Lila Pandey
• खाता नं.: 11805080255134
• बैंक: Nepal Investment Mega Bank Ltd. (NIMB)








































Comments