बालबिकास आधारभुत बिद्यालय बहादुरपुर पाल्पाको ६३ औं बार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न
इबन ढेंगा,पाल्पा - जिल्लाको माथागढी गाउँपालिका वडा नं -८, बहादुरपुरको ६३ औं वार्षिकोत्सब एवम अभिभावक दिवस सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पूर्ण बहादुर ढेंगाकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिका वडा नं. ८ को वडा अध्यक्ष दिल बहादुर ढेंगा , बिशिस्ट अतिथि माथागढी गाउँपालिका वडा नं -८ का वडा सदस्य लाली सरा ढेंगा , मनिराम ढेंगा र शि. अ. संघ अध्यक्ष सुरेन्द्र मश्रङ्गी, अतिथिहरु धारा देवी माविका प्र. अ अन्य शिक्षकहरू,चन्द्र देबि प्रा. बिका प्र. अ, भु.पु. वि.ब्य.स अध्यक्ष , वि.ब्य.सका सदस्य , भु.पु. शिक्षक,अतिरिक्त हुलाक कार्यलयका प्रतिनिधि , बहादुरपुर स्वा. चौकीका प्रतिनिधि , समाजसेबी , बुद्धिजिबिहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि माथागढी गा.पा.का वडा नं.८ का वडा अध्यक्ष दिल बहादुर ढेगाले शुभकामना ब्यक्त गर्दै बिद्यालयको उन्नति , प्रगतिमा शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्ध हुनुपर्ने बताउनु भयो । पालिका र वडाको समन्वयमा बिद्यालयको भौतिक संरचना निमार्ण, प्रबिधि शिक्षामा जोड साथै बिद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा जोड दिदै आएकाे बताउनुभयो । साथै संस्थागत विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा आफ्नो छोराछोरीलाई भर्ना गराउन अभिभावक अपील गर्नु भएको थियो । आगामी दिनमा विद्यालयलाई माथागढी पालिका भरिकै नमूना विद्यालय बनाउने गरि सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथि लाली सरा रानाले शैक्षिक गुणस्तरिय वृद्धि गरि उत्कृष्ट बिद्यालयको रुपमा अगाडि बढन शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा बि.ब्य.सका समितिका पदाधिकारी , शिक्षक , अभिभावक लगायत विद्यार्थीहरुको उपस्थिती रहेको थियो । बार्षिक उत्सवको अवसरमा विभिन्न साँगितिक कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक जेत्तर बहादुर रानाले आर्थिक बर्ष २०८०/०८१ को कुल आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । भने कार्यक्रम संचालक शिक्षिका बिष्णु कुमारी नेपालीले गर्नुभएको थियोे ।








































Comments