बाल ज्याेती प्राथमिक विद्यालय तानसेन ७ काजीपाैवाकाे ३१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

पाल्पा- जिल्लाकाे तानसेन नगरपालिका वडा न ७ काजिपाैवामा रहेको बाल ज्याेती प्राथमिक विद्यालयकाे ३१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रमकाे उद्घाटन लुम्बिनी प्रदेश सभाका सांसद वीर बहादुर  रानाले गर्नु भएको हाे ।

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रानाले देशका तिनै तहका सरकारले समय सापेक्ष ,व्यवहारिक शिक्षा प्रणालीलाई जाेड दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेपालमा एकात्मक राज्य सञ्चालन व्यवस्थाकाे अन्त्यसँगै देश संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था रहेको  बताउनुभयो । साेही अनुसार शिक्षा क्षेत्रकाे विकास र विस्तारकाे जिम्मेवारी स्थानीय तहकाे मातहतमा रहेकाले समग्र शिक्षा क्षेत्रकाे विकासका लागि देशका तीन तहका सरकारसँगै सामाजिक अभियान्ताहरू एक्यवद्ध भई छलफल र वहस चलाउनुपर्ने बताउनुभयो । आफु प्रदेश सांसद भएका नाताले निर्वाचन क्षेत्र भित्रका २३ वटा वडाका समग्र शिक्षा,स्वास्थ्य,यातायात,विधुत खानेपानी लगाएतका समग्र विकासमा लागिरहेको बताउनुभयो । 

 

कार्यक्रमका विशिष्ट अतिथि तानसेन वडा न ७ का वडा अध्यक्ष प्रदिप खनालले विद्यालयकाे समग्र विकासका लागि वडा कार्यालयबाट निरन्तर सहयोग गर्दै आएकाे बताउनुभयो । विद्यालयलाई याे आर्थिक बर्ष शुद्व खानेपानीकाे लागि करिब २ लाख बजेट वडामा सुनिश्चितता गरेको बताउनुभयो । तानसेन वडा न ७ मा  अवस्थित उक्त विद्यालय नगर सरकारबाट २ पटक उत्कृष्ट विद्यालयकाे रूपमा पुस्कृत भएको बताउदै आगामी दिनमा उत्तर उत्तर प्रगतीकाे कामना सहित समग्र विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि गर्न वडा सरकार तयार रहेकाे वडा अध्यक्ष खनालले बताउनुभयो । 

 

कार्यक्रममा तानसेन वडा न ७ का निवर्तमान वडा अध्यक्ष मुक्तिराम जिसीले विद्यालयकाे समग्र विकासका लागि शिक्षक,अभिभावक र विद्यार्थी त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने कुरामा जाेड दिनुभयाे । विद्यालयकाे समग्र शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरूकाे सिर्जनात्मक अध्यापन शैली,विद्यार्थीहरूकाे लगनशीलता र अभिभावकहरूकाे चासाे हुनुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका सस्थापक प्रधानाध्यपक गाेविन्द घिमिरे,अतिथिहरू तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्कर राज रेग्मी,जन प्रिय माविका प्रअ हिरा आर्चाय, जिल्ला स्वयसेविका वाेर्डका सावित्री अधिकारी ,सिदार्थ मल्टि टेक्निकल इन्स्टिच्युटका कार्यक्रम संयाेजक हरि प्रसाद काेइरला ,काजीपाैवा कृषि सहकारी सस्थाका अध्यक्ष महेश शर्मा आर्चाय,चन्दाता गिर बहादुर बगाले,राेम बहादुर रायमाझी,शिक्षक अभिभावक संघका अध्यक्ष दिपा थापा लगाएतले मन्तव्य राख्नु भएको थियाे । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र चन्दा दाताहरूलाई सम्मान गरिएको थियाे । 

 

कार्यक्रममा विद्यालयका प्राधानाध्यापक बिष्णु बहादुर थापाले कुल ४४ लाख ५३ हजार २ सय ७३ रूपैयाँ बराबरको आर्थिक आय व्याय प्रस्तुति गर्नु भएको थियाे । कार्यक्रम शिक्षिका  कविता बस्यालकाे स्वागत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गम्भीर रायमाझीकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

Comments