भुवनपाेखरीमा सत्यदेवी सामुदायिक स्वास्थ्य इकाई समुद्घाटन

पाल्पाको रैनादेबी छहरा गाउँपालिकाकाे आयोजनमा

भुवनपोखरी स्वास्थ्य चौकी अन्तरगत सत्यदेवी सामुदायिक स्वास्थ्य इकाई समुद्घाटन भएको छ । सामुदायिक स्वास्थ्य इकाईकाे समुद्घाटन रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले गर्नु भएको हाे । स्वास्थ्य सेवा लिनका लागि घण्टौं हिँड्न वाध्य नागरिकलाई मध्यनजर गर्दै गाउँपालिकाकाे वडा न ३ मा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको हो । सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने उधेश्यले सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले बताउनुभयो । 

 

स्वास्थ्य सेवा लिनका लागि टाढा सम्म हिँड्न वाध्य सर्वसाधारणलाई लक्षित गर्दै स्वास्थ्यचौकी सरहको सेवा प्रवाह गर्नेगरी सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । दुरदराजमा रहेका सर्वसाधारणलाई लक्षित गर्दै सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष भट्टराईले बताउनुभयो । सामुदायिक स्वास्थ्य इकाई केन्द्रबाट सेवा लिन नागरिकहरूलाई आग्रह गर्नुभयाे । जनताले स्वास्थ्य सेवा पाउने गरी संविधानमा मौलिक हकको रूपमा रहेको भन्दै मौलिक हक कार्यान्वयनका लागि ऐन नियम निर्माण भएको बताउनुभयाे । विकास भनेको बाटो मात्र बनाउनु होइन मानवीय विकासलाई पनि जोडेर लैजान संघ, प्रदेश र स्थानीय सरकार लागि परेको बताउनुभयाे । ‘जनताको सहभागिताले मात्र दिगो विकास सम्भव छ’, उहाले भन्नुभयाे , ‘सबै तहबाट हुने काममा जनतालाई सक्रिय सहभागी बनाउन लागि परेका छाै ।

 

कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले भुवनपाेखरीमा उद्घाटन भएको सत्यदेवी सामुदायिक स्वास्थ्य इकाईले वडा लगाएत छिमेकी वडाका नागरिकलाई स्वास्थ्य सम्बन्धि सेवा लिनका लागि सहजता हुने बताउनुभयाे । गाउँपालिकाले स्वास्थ्य इकाईमा नेपाल सरकारले ताेके बमाेजिमका औषधीहरू उपलब्ध गराउने र आवश्यक स्वास्थ्य सम्बन्धि सेवाहरू प्रदान गर्ने गरि सेवा शुभारम्भ गरेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राना,गाउँपालिकाका लेखा अधिकृत लिलामनि बस्याल ,डाक्टर शिशिर कुमार पटेल,शिक्षा शाखा प्रमुख निशा पाण्डेय,गाउँपालिकाका आ ले प प्रमुख हरि पराजुली,जिन्सी शाखा प्रमुख प्रकाश केसि,राजनीति दलका प्रमुख ,भुवन पाेखरीका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रम रैनादेबी छहरा गाउँपालिका वडा न ३ का वडा अध्यक्ष प्रदिप पाैडेलकाे अध्यक्षता र  महाकाली माध्यमिक विद्यालयका शिक्षक चन्द्र मणि पाैडेलकाे सञ्चालनमा सम्पन्न भएको थियाे । 

Comments