भाेली देखि सकिदै दोस्रो माडी महोत्सव, मंसिर २३ गते अन्तिम दिन एलिना चाैहान आउदै

पाल्पाकाे माथागढी गाउँपालिका वडा न ३ सराईमा दाेस्त्राे माडी साँस्कृतिक,पर्यटन कृषि तथा व्यापार महाेत्सव भाेली देखि सकिदै छ । मंसिर २३ गते अर्थात अन्तिम दिन पछिल्लो समयमा अत्यन्तै लाेकप्रिय गायिका एलिना चाैहान आउने भएकी छन । गायिका चाैहानकाे धाेकेबाज हाै तिमि भन्ने गित सर्वत्र दर्शकले मन पराएकाे गित हाे ।

 

महाेत्सव सराई युवा क्लब सराई पाल्पाको आयाेजना,माथागढी गाउँपालिका वडा न ३ काे कार्यालय कसेनी सराई पाल्पाको सह आयाेजना,माथागढी गाउँपालिकाकाे संरक्षक तथा जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा लि बुटवल ७ रूपन्देहीकाे व्यवस्थापनमा भइरहेको छ । मेला मंसिर ९ गतेदेखि शुरू भएको थियाे । महाेत्सव अवधिमा दैनिक राष्ट्रिय एवम स्थानीय कलाकारहरूकाे बेजोड प्रस्तुति रहेको छ ।

 

महाेत्सवमा गायिका संगिता चिताैरे,हास्य कलाकार माइला बा,माेडल उर्मिला शारू र एलिसा डान्स ग्रुप काठमाडौ, गायक / उद्घाेषक दिपु मगर लगाएतकाे बेजाेड प्रस्तुति रहने सास्कृतिक संयाेजक राजन बरालले जानकारी दिनुभयाे ।

 

महाेत्सवकाे माध्यमबाट यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुकाे प्रचार प्रसार,विभिन्न जातजाति तथा भाषाभाषीकाे कला सस्कृति संरक्षण गर्दै आपसी सद्भाव कायम गर्न,युवा परिचालन तथा स्वयमसेबी भावनाकाे विकास गर्न,क्लबकाे विकास र काेषकाे स्थापना गर्न,लगानीकर्ताकाे भावना सकारात्मक बनाउदै माडी क्षेत्रकाे विभिन्न तरबबाट सम्भावनायुक्त स्थान हाे भन्ने बनाउन महाेत्सवकाे आयाेजना गरिएकाे सराई युवा क्लबका अध्यक्ष खाेम बहादुर गाहाले बताउनुभयो । महाेत्सवमा कृषि,पशु,घरेलु उधाेगबाट उत्पादित बस्तुकाे निशुल्क स्टल राख्ने व्यवस्था सहित लघु सङ्ग्रालय,माडीमा उत्पादन हुने धान,विभिन्न जातजाति भेषभुषा प्रदर्शनी महाेत्सवमा राखिएको अध्यक्ष गाहाले बताउनुभयो ।

Comments