भगवती मन्दिरकाे पुन:निर्माण गर्न बजेट सुनिश्चितता गर्छु ; मन्त्री बस्नेत
पाल्पा-लुम्बिनी प्रदेशका उधाेग,पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री माननीय खड्ग बस्नेतले तानसेनकाे वडा न ३ मा अवस्थित भगवती मन्दिरकाे पुन:निर्माणका लागि बजेट बिनियाेजन गर्ने बताएका छन । शनिबार भगवती मन्दिर व्यवस्थापन समितिले आयाेजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मन्त्री बस्नेतले मन्दिर जीर्ण अवस्थामा रहेकाले छिट्टै मन्त्रालयबाट मन्दिरकाे पुन निर्माण कार्यका लागि बजेट बिनियाेजन गरिने बताए ।
राष्ट्रिय,विरता धिरता र रणकाैशलकाे ऐतिहासिक महाेत्व बाेकेकाे उक्त मन्दिरकाे संरक्षण र सम्वर्द्वन गर्नु सम्पूर्णकाे दायित्व रहेको बताए । मन्दिर पुन:निर्माण गर्न मन्त्रालयले बहुबर्षिय याेजनामा राखि बजेट बिनियाेजन गर्ने बताए । पाल्पा तानसेन आफैमा ऐतिहासिक,धार्मिक,सास्कृतिक र प्राकृतिक स्त्राेत तथा साधनले भरिपुर्ण जिल्ला हाे । तानसेनकाे पर्यटन विकासका लागि यस्ता ऐतिहासिक,धार्मिक महाेत्व बाेकेका स्थलहरूकाे संरक्षण,सम्बर्द्धन र प्रचार प्रसार गर्न आवश्यक छ । हरेक बर्ष तानसेनमा निकालिने भगवती रथयात्रालाई लुम्बिनी प्रदेश सरकारले राष्ट्रिय पर्वकाे रूपमा मनाउनका लागि बिशेष पहल गर्ने मन्त्री बस्नेतले बताए । मन्दिर पुन निर्माणकाे लागि अब लुम्बिनी प्रदेश सरकार उधाेग,पर्यटन तथा सहकारी मन्त्रालयले बजेट सुनिश्चितता गर्छ । अब नयाँ मन्दिरका संरचना बनाउन आवश्यक पर्ने अवस्था छैन । राष्ट्रियता,विरता धिरता र रणकाैशलकाे ऐतिहासिक,धार्मिक महाेत्सव बाेकेकाे मन्दिर रणउजिश्वरी जिर्ण अवस्था रहेछ । यस बिषयमा लुम्बिनी प्रदेश उधाेग,पर्यटन तथा सहकारी मन्त्रालयकाे मन्त्रीकाे हैसियतले गम्भीर छु । मन्दिरकाे पुन;निर्माणका लागि प्रदेश सरकारले लागि पर्ने मन्त्री बस्नेतले बताए ।
कार्यक्रममा ईतिहासविद निर्मल प्रसाद श्रेष्ठले कर्णेल उजीरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिर पूरा गरेकाे बताए । तिनै थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेजलाई परास्त गरेको थियो । युद्धमा निस्कनु अघि उनले विजय भएमा ठूलो मन्दिर बनाई खटजात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए । आफ्नो भाकल पूरा भएपछि उनले मन्दिर बनाएकाे इतिहास रहेको बताए ।
मन्दिरको गर्भगृहमा अष्टधातुले बनेको अठारबाहु भएकी महिषासुर मर्दिनी भगवतीको प्रतिमा प्रतिस्थापन गरी दुर्गा पञ्चायनको रूप दिइएको छ । पाल्पामा वर्षभरि विभिन्न देवीदेवताका रथयात्रा गरिन्छ । तर श्री ७ रणउजीरेश्वरी भगवतीको खटयात्रा फरक छ जुन ‘पाल्पाको भगवती जात्रा’ का नामले प्रसिद्ध रहेको बताए । यस जात्राको धार्मिक महिमा आफ्नै ठाँउमा छ । साथै कम्पनी सरकारलाई परास्त गरी विजयश्री हासिल गरी राष्ट्रियता, वीरता, धीरता, रणकौशलको इतिहास पनि यस रथयात्रासँग गाँसिएको छ। हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको बताए । मन्दिर जिर्ण अवस्थामा रहेकाले पुन;निर्माणका लागि प्रदेश सरकारले सिग्र पहल गरिदिनुहुन आग्रह गरे ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले मन्दिरकाे पुननिर्माणकाे लागि संघ र प्रदेशका धेरै मन्त्रालय सम्म धाउदा पनि बजेट विनियोजन हुन नसकेको बताइन । मन्दिरकाे पुन निर्माण गर्न नगर सरकारकाे बजेटले सम्भव नभएको बताइन । मन्दिर दिनप्रती दिन जिर्ण बन्दै गएकाे छ । मन्दिरकाे पुन निर्माणका लागि लुम्बिनी प्रदेश सरकार उधाेग,पर्यटन तथा सहकारी मन्त्रालय अनुराेध गरिन ।
कार्यक्रममा श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशाेक महर्जनले मन्दिर पुरानै तीन तले प्यागाेडा शैलीमा निर्माण गर्नका लागि विभिन्न मन्त्रालयमा डिपिआर पेश गरेको बताए । सरकार परिवर्तनका कारण बजेट बिनियाेजन हुन सकेन । मन्दिर जीर्ण भएकाे र छानाबाट पानी चुहिएको कारणले अहिले त्रिपालले छाेपेका छाै । मन्दिर जति छिटो पुन निर्माण गर्नुपर्ने आवश्यक रहेको बताए । लुम्बिनी प्रदेशका उधाेग,पर्यटन तथा सहकारी मन्त्रालयले मन्दिर पुननिर्माणका लागि सिग्र बजेट सुनिश्चितता गर्नेमा आफु विश्वस्त रहेको बताए । पुरानै स्वरूपकाे तीन तले मन्दिर निर्माण गर्न करिब ४ कराेड ५ लाख बराबरकाे रकम आवश्यक रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महर्जनले बताए । कार्यक्रमकाे सञ्चालन भगवती गुठी व्यवस्थापन समितिका सचिव प्रकाश नाथ गंगाेलकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।








































Comments