भगवती जात्राकाे अवसरमा तानसेन जाने आउने बसमा ५० प्रतिशत बसभाडा छुट
पाल्पाको ऐतिहासिक भगवती जात्रा यहि भदाै ११ गते हुँदै छ । साेहि अवसरमा तपाईं भगवती जात्रा हेर्न तानसेन आउदै हुनुहुन्छ भने बुटवलदेखि तानसेन जाने र आउने बसमा ५० प्रतिशत बसभाडा छुट हुने भएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रालि र श्रीनगर यातायात प्रा .ली.को बैठकले नेपाल अंग्रेज युद्धमा बिजय हासिल गरेको सम्झनामा तानसेनमा प्रदर्शन गरिने भगवती जात्राका अवसरमा ५० प्रतिशत भाडा छुटदिने निर्णय गरेको हो ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालि र श्रीनगर यातायात प्रा .ली. बाट संचालित यात्रुबहाक बसमा बसपार्कस्थित काउन्टर र अन्य बुकिङ्ग काउन्टरबाट टिकट काटेमा मात्र सो सुबिधा प्राप्त हुने जनाइएको छ । प्रालिका अनुसार बुटवलदेखि सिधा तानसेन र तानसेनदेखि सिधा बुटवल आउने जाने दुबैतर्फबाट यात्रुहरुका लागि सो सुबिधा प्राप्त हुने प्रालिद्वारा प्रकासित सुचनामा उल्लेख छ । त्यस्तै याे बर्ष श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि. अन्तर्गत संचालन रहेका तानसेन पाल्पा आउने/जाने सम्पुर्ण सवारीसाधनमा १० प्रतिशत भाडा छुट दिने जनाएको कम्पनीले जनाएकाे छ । श्री ७ रणउजेश्वरी भगवती माताको २०५ औँ खट यात्रा (विजय उत्सव) मा हामी सबै सहभागी भई खट यात्रा (विजय उत्सव)लाई भव्य ,दिव्य ,सभ्य रूपमा सम्पन्न गरौँ। मनोकांक्षा पूर्ण गर्ने माता भगवतीको आशीर्वाद प्राप्त गरौं । साेहि अवसरमा श्रीनगर यातायात प्रा .ली. द्वारा भाद्र ११ गते बुटवल पाल्पा रुटमा सञ्चालन हुने यातायातका साधनमा दर्शनार्थीहरूकाे सुविधाको लागि ५०% छुट साथै ग्रामीण क्षेत्रबाट आउने दर्शनार्थीहरूको लागि १०% यातायातको साधनमा छुट दिइने श्रीनगर यातायात प्रा .ली . का उपाध्यक्ष दिपक श्रेष्ठले जानकारी दिनुभयाे ।
सन.१८७१ देखि १८७३ सम्म बुटवलको जीतगढीमा भएको नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले बहादुरी र चतुराईंपुर्वक प्रतिकार गर्दै ब्रिटिश सेनामाथि बिजय हासिल गरेको थियो । सो युद्ध र बिजय हासिल गरेको दिनको सम्झनामा तानसेनमा प्रदर्शन गरिने रणउजेश्वरी भगवती रथयात्राको सम्मान स्वरुप बसभाडामा ५० प्रतिशत छुट दिइएको पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ ।








































Comments