भगवती जात्राकाे अवसरमा निशुल्क खानेपानी तथा जुस वितरण
पाल्पा-बिरताको प्रतीक ऐतिहासिक भगवती जात्रामा रिलायबल लाईफ इन्स्योरेन्सले निशुल्क खानेपानी वितरण गरेको छ ।
रिलायबल लाईफले र्यालीमा हिडेका भक्तजनहरूलाई तानसेनकाे सित्तलपाटीबाट निशुल्क खानेपानी वितरण गरेको हाे । नेपाल अंग्रेज युद्धमा कर्नेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले जितगढि युद्धमा अंग्रेज सेनालाई पराजित गरि नेपालको भुभाग कब्जा हुनबाट जोगाएका थिए । सोही युद्धको बिजय उत्सव र सम्झनामा २०५ बर्ष देखि पाल्पामा यस रणउजेश्वरी भगवतीको खटलाई बजार परिक्रमा गरि धुमधाम साथ मनाइएकाे छ । साेहि अवसरमा जात्रामा सहभागी भक्तजनलाई रिलायबल लाईफले खानेपानी वितरण गरेको हाे । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जात्रामा आएका जनसमुदायलाई खानेपानी वितरण गरीएको शाखाका प्रमुख सुबास गैरेले जानकारी दिए । त्यस्तै पाल्पाका हाेटल तथा रेष्टुरेन्टहरूकाे छाता संगठनकाे रूपमा रहेको सस्था हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाले र्यालीमा हिडेका भक्तजनलाई निशुल्क जुस वितरण गरेको छ ।
हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालका अनुसार तानसेन स्थित नारायण स्थानबाट भक्तजनहरूलाई जुस वितरण गरिएको बताउनुभयो । त्यस्तै जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको सस्था लायन्स क्लब अफ पाल्पाले पनि तानसेनकाे हुलाक घर अगाडिबाट निशुल्क खानेपानी वितरण गरेको अध्यक्ष समीर मान सिङले जानकारी दिनुभयाे ।








































Comments