बगनासकाली घिउसिबासमा सञ्चालित महायज्ञमा भक्तजनको उत्साहजनक उपस्थिति
पाल्पा, माघ ९ – बगनासकाली गाउँपालिका वडा नं ८, बराङ्दी घिउसिबासमा यही माघ १ गतेदेखि सुरु भएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१ मा भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको छ।
महोत्सवमा स्थानीय बासिन्दासँगै छिमेकी क्षेत्रका श्रद्धालुहरूले सहभागिता जनाइरहेका छन् । कार्यक्रमको पहिलो दिनदेखि नै भक्तजनको बाक्लो उपस्थिति देखिनुका साथै धार्मिक प्रवचन, भजन–कीर्तन, र पूजा–अर्चनामा सबैले सक्रिय सहभागिता जनाएका छन् ।धार्मिक महायज्ञको उद्देश्य आध्यात्मिक चेतना फैलाउनुका साथै सामाजिक एकता र सद्भावलाई प्रोत्साहन गर्नु रहेको आयोजकले बताएका छन् । महायज्ञमा महिला बाचिका विदुषी गरिमा उपाध्याय भक्त किंकरीले श्रीमद भागवत बाचन सहित देवलिला, जनचेतनामुलक नाटक, संगितमय भजन कृर्तन प्रस्तुति गरिरहनु भएको छ ।
महोत्सवमा संकलित रकमबाट बगनासकाली गाउँपालिकाको उत्तरी क्षेत्रलाई धार्मिक पर्यटकीय तीर्थस्थल बनाउने उद्देश्य सहित सिद्धबाबा मन्दिर परिसरमा सत्संग हल निर्माण र मन्दिरको चौतर्फी विकास गर्नको साथै मन्दिर परिसरमै भव्य नागको विराट मूर्ति निर्माण गर्ने उद्देश्यका साथ श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन गरिएको मूल आयोजक समितिका संयोजक गणेश प्रसाद बस्यालले जानकारी दिनुभयाे ।
मन्दिरमा तीन सय वर्ष अगाडिदेखि नै पूजाआजा हुँदै आएको छ । यस क्षेत्रमा निरन्तर नागदेवता,शव, विष्णु,भगवती लगायतका देवी देवताहरूको बासस्थान भएकोले भक्तजनको सेवा सुविधा देखी मन्दिरमा आवश्यक पूर्वाधार निर्माण गर्नको लागि महायज्ञ गरिएको सिद्धवावा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितीका अध्यक्ष मोहन अर्यालले जानकारी दिनुभयाे । धार्मिक वातावरणले भरिपूर्ण यस महोत्सवमा विशेष भजन कार्यक्रम र शोभायात्राले सम्पूर्ण क्षेत्रलाई रमणीय बनाएको छ ।








































Comments