बगनासकाली गाउँपालिकाको भवन समयमै सम्पन्न गरेपछि ठेकेदार राजेन्द्र केसी सम्मानित
पाल्पाको बगनासकाली गाउँपालिकाको सुन्दर र अत्याधुनिक प्रशासनिक भवन, जुन हालै सम्पन्न भएको छ । पालिकाकाे भवन निर्माण हुनु नागरिकका लागि एउटा गर्वको विषय पनि हाे । भवन निर्माणको जिम्मा लिएकाे न्यू ड्रयागन आर एण्ड आ जेभीका सञ्चालक राजेन्द्र केसी नेतृत्व गर्दै आउनु भएको छ । वि स २०७८ फागुन ८ गते निर्माण सुरु गरि २०८० फागुन २ गते निमार्ण सम्पन्न गरेको बगनासकाली गाउँपालिकाको नवनिर्मित ४ तले भवनमा १९ वटा कोठा रहेका छन् । भवन निमार्ण सम्पन्न गर्नका लागि भ्याटबाहेक ५ करोड ६७ लाख ४९ हजार १४७ रुपैयाँ लगानी लागेको छ । जसमा स्थानीय सरकारको ४० प्रतिशत र सङ्घीय सरकारको ६० प्रतिशत हिस्सा रहेको छ । उक्त भवन पाल्पामै पहिलो लिफ्ट सहितकाे अपांगमैत्री भवन हाे । निर्माणको जिम्मा लिएका ठेकेदार राजेन्द्र केसीलाई भवन तोकिएको समयसीमाभित्रै गुणस्तरीय रूपमा सम्पन्न गरेकाे गाउँपालिकाले सम्मान गरेको छ ।
बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण भएको चार तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअलमार्फत उद्घाटन गर्नु भएको थियाे ।
भवन उद्घाटन समारोहमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल तथा गाउँपालिकाका जनप्रतिनिधिहरूले उहालाई सम्मानपत्र प्रदान गरि सम्मान गर्नु भएको हाे ।
न्यू ड्रयागन आर एण्ड आ जेभीका सञ्चालक राजेन्द्र केसीले सम्मान ग्रहण गर्दै भन्नुभयाे, "गाउँपालिकाले हामीलाई विश्वास गरेर जिम्मेवारी दिएको थियाे, र हामीले त्यो विश्वासमा व्यवहारिकता प्रदान गर्न प्रयास गर्यौं।" उहाले आफ्नो टिमको मेहनत र समर्पणले यो सम्भव भएको बताउनुभयो ।बगनासकाली गाउँपालिकाको यो नयाँ भवन केवल ईंटा र सिमेन्टको संरचना मात्र होइन; यो सेवाप्रवाह र विकासप्रति पालिकाको प्रतिबद्धताको प्रतीक हो । सहज र व्यवस्थित सेवाका लागि निर्माण गरिएको यो भवनले अब गाउँपालिकाका सबै कार्यालयहरूलाई एकीकृत रूपमा सञ्चालन गर्न सहयोग पुर्याउनेछ ।








































Comments