अतिरिक्त क्रियाकलापमा स्व. वि. यु. त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकाे सकृयता
पाल्पा-स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले विद्यार्थीहरूमा अन्तरनिहित क्षमताकाे प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलापलाई जाेड दिएकाे छ । पश्चिम नेपालकै शैक्षिक धराेहरकाे रूपमा परिचित त्रिभुवन बहुमुखी क्याम्पस स्व.वि. यु.ले विद्यार्थीहरूलाई चित्रकला प्रतियाेगिता र निबन्ध लेखन प्रतियाेगिता सम्पन्न गरेको छ । त्यस्तै स्व.वि. यु.ले आगामी ८ गते नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत सहित विविध सास्कृतिक कार्यक्रम आयाेजना गर्ने गरि तयारीलाई तिव्र पारेको जनाएको छ ।
चित्रकला प्रतियाेगिता र निबन्ध लेखन प्रतियाेगिता कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले स्व.वि.युले विद्यार्थीहरूकाे क्षमता पहिचान गर्नका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गरि प्रशंसानिय कार्य गरेकाे बताउनुभयो । क्याम्पसले छिट्टै विद्यार्थी कल्याण प्रमुखकाे संयाेजकत्वमा विद्यार्थीहरूकाे क्षमता पहिचानका लागि खेलकुद सप्ताहा गर्न लागिरहेको बताउनुभयो । त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पा विश्व विधालय भन्दा जेठाे क्याम्पस रहेको बताउनुभयो ।
विश्वविद्यालयहरू कुनै पनि देशका लागि ज्ञान, अनुसन्धान, र विकासको प्रमुख केन्द्र रहेको बताउनुभयो । ती केवल शिक्षा प्रदान गर्ने संस्थाहरू मात्र नभएर समाज परिवर्तनका प्रमुख साधन पनि रहेको बताउनुभयो । समाजमा देखापर्ने विभिन्न समस्या समाधान गर्न, मानव अधिकारको संरक्षण गर्न, र दिगो विकासलाई सुनिश्चित गर्न विश्वविद्यालयहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । विश्वविद्यालयको भूमिका केवल पढाइ र डिग्रीमा सीमित रहनु हुँदैन। ती समाजका लागि परिवर्तनका उत्प्रेरक रहेको बताउनुभयो । विश्वविद्यालयहरूलाई ज्ञान र अनुसन्धानको मात्र नभई सामाजिक सुधारका लागि प्रेरक शक्तिका रूपमा लिनुपर्ने र समाज परिवर्तनका लागि विश्वविद्यालयहरूलाई अझ प्रभावकारी र जिम्मेवार बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका स्व. वि. यु. सभापति कृष्ण अर्यालले वि स २०७९ सालमा स्व. वि. यु. काे नयाँ समूह आए पछि क्याम्पसकाे समग्र शैक्षिक गुणस्तर ,भाैतिक पुर्वाधारकाे क्षेत्रमा सकारात्मक परिवर्तन आएकाे बताउनुभयो । क्याम्पसमा शैक्षिक ज्ञान हासिल गर्न आउने विद्यार्थीहरूलाई सहज र सुर्लभ रूपमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न स्वयु.वि.युले निरन्तर रूपमा प्रयास गरिरहेकाे बताउनुभयो । स्व. वि. यु.ले विद्यार्थीहरूलाई अध्ययन अध्यापनकाे साथसाथै अतिरिक्त क्रियाकलापकाे माध्यमबाट प्रतिभाकाे प्रस्फुटन गराउन र क्याम्पस स्तरमा अध्ययन गर्ने विद्यार्थीहरू हरेक कुरामा सक्षम छन भन्ने कुरालाई व्यवहारिक प्रदान गर्न अतिरिक्त क्रियाकलापलाई जाेड दिएकाे बताउनुभयो । स्व. वि. यु.ले बिशेष गरि बार्षिक कार्यतालिका निर्माण गरि साेही अनुरूप कार्यक्रम गरेको बताउनुभयाे । कार्यक्रमकाे सञ्चालन स्व. वि. यु.सचिव तारा बहादुर रायमाझीकाे सञ्चालन र स्व. वि. यु. सदस्य सुशील बस्याल स्वागत मन्तव्यमा सम्पन्न भएको थियाे ।








































Comments