असल बुहारी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

पाल्पा-जिल्लाको तानसेन नगरपालिका वडा न १३ ले असल बुहारी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । तानसेन नगरपालिका वडा न १३ को सहयोग र वडा स्तरीय महिला समन्वय समितिको आयोजनामा महिला तथा बालबालिकाको क्षमता अभिवृद्धि अन्तर्गत सम्मान,खेलकुद तथा विविध कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै पोषण तथा पुर्ण खोप सम्बन्धि सचेतना कार्यक्रम अन्तर्गत १ हजार दिने आमालाई पोषण तत्व वितरण वडा न १३ को आर्थिक सहयोग र बौघागुम्बा स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न भएको छ । सम्मान कार्यक्रम अन्तर्गत १० जना असल बुहारी,१ जना बुहारी भैकन छोराको समेत भुमिका निर्वाह गर्नु भएकी र १ जना उधमशिल महिलालाई सम्मान गरिएको हो । कार्यक्रमको अवसरमा साविकका ९ वटै वडाका ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रमाणपत्र,खादा र मालाले सम्मान गरिएको हो । 

 

कार्यक्रमको अवसरमा विविध प्रतियोगितात्म खेलकुद प्रतियोगिता सम्पन्न भएका छन । कुर्ची दौड प्रतियोगितामा सिता राना प्रथम,दौपति थापा द्वितीय र मनिसा सुनार तृतीय हुनुभएको छ । अतिथि तर्फको कुर्ची दौड प्रतियोगितामा गंगा पाण्डेय प्रथम,टेक बहादुर राना द्वितीय र शिव बहादुर राना तृतीय हुनुभएको छ । घैटो फुटाउने प्रतियोगितामा तेजु थापा प्रथम,जुना थापा द्वितीय र भगवती भट्टराई तृतीय हुनुभएको छ । सियो धागो प्रतियोगितामा लक्की शारू प्रथम,पार्वती राई द्वितीय र सीता अर्गाली तृतीय हुनुभएको छ । भने नम्बर पत्ता लगाउने प्रतियोगितामा सरस्वती पाण्डेय प्रथम र हुमकला माझी द्वितीय हुनुभएको छ । निबन्ध लेखन प्रतियोगितामा गिता परियार प्रथम,समन्त राना द्वितीय र क्रिन्जल थापा तृतीय हुनुभएको छ । प्रतियोगितामा बिजयी हुनुहुने प्रतिस्पर्धीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । सोहि अवसरमा १ हजार दिनका महिलाहरूलाई पोषण तत्व स्वरूप अण्डा,लिटो वितरण गरिएको थियो । 

 

कार्यक्रमको उद्घाटन तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले गर्नु भएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी उपप्रमुख सिङ्जालीले बौघा गुम्बा मगर होम स्टे र कृषिको राम्रो सम्भावना बोकेको ठाउँ रहेको बताउनुभयो । तानसेन नगरपालिका आवधिक योजना तर्जुमाको क्रममा रहेकोले यस क्षेत्रको मगर होम स्टे विकास र  उत्पादित कृषि उपजको वृद्धिका गर्नका लागि नगरपालिकाले योजना तर्जुमा गर्ने बताउनुभयो । नगरपालिकाले वडा न  १२ र १३ का दिदी बहिनिहरूलाई सहभागी बनाई महिला हिसा बिरूद्व अभियान सञ्चालन गरेको बताउनुभयो । नगरपालिकाले न्यायिक समितिको लागि वडामा मेलमिलापकर्ता समिति गठन गरि न्यायिक समितिको भुमिका प्रभावकारी बनाउने प्रयास गरिएको बताउनुभयो । नगरपालिकाले वडा स्तरमा प्राविधिकको व्यवस्थापन गरि १० लाख भन्दा कम रकमका योजनालाई वडा स्तरमा ने सम्झौता गर्ने व्यवस्था गरेको बताउनुभयो । हाल डिजिटल माध्यमबाट न्यायिक समितिको घटना दर्ताको काम गरिरहेको बताउनुभयो । तानसेन नगरपालिकाले प्रत्येक बर्ष लक्षित वर्ग,महिला ,बालबालिकाहरूको नेतृत्व विकासका कार्यक्रम गरेता पनि उपलब्ध कम भएको बताउदै तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गर्न महिलाहरूलाई आर्गह गर्नुभएको छ । 

 

कार्यक्रममा वडा न १३ का वडा अध्यक्ष टुक प्रसाद भट्टराईले वडाले गत बर्ष पनि महिलाहरूलाई लक्षित गरि कार्यक्रम गरिएको र यो बर्ष पनि निरन्तरता दिएको बताउनुभयो । वडा कार्यालयले साविकका ९ वटाका टोल संयोजकहरूको मागलाई मध्ये नजर गरि वडाबाट बिनियोजित १ लाख रकमबाट विविध कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो । भौतिक पुर्वाधारको विकास मात्र विकास नभइ महिला,लक्षित वर्ग,बालबालिकाहरूको व्यक्तित्ब र नेतृत्व विकास हुनुपनि विकास रहेकोले वडाले कार्यक्रम आयोजना गरेको बताउनुभयो । सेवा प्रवाह,भौतिक पुर्वाधारका बारेमा गुनासा भए जानकारी दिनुहुन अनुरोध गर्दै ती गुनासालाई समाधान गर्न वडा कार्यालयको तर्फबाट पहल गर्ने बताउनुभयो । 

 

कार्यक्रममा वडा सदस्य गिता भट्टराईले पछिल्लो समयमा घरमा ज्येष्ठ नागरिकहरुप्रति गरिने सेवाको भाव कम हुँदै गएको छ । वृद्धवृद्धाले दु:ख भोग्नु परेको अवस्थालाई मध्यनजर गर्दै वडाले प्रोत्साहन स्वरुप बुहारी सम्मान कार्यक्रम  गरेको बताउनुभयो । त्यस्तै वडा सदस्य भट्टराईले समाजका समुदाय समुदायभित्र स्वास्थ्यको पहुँच पुर्याउनमा महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका ठूलो रहेको बताउनुभयाे  ।  ‘महामारीजस्तो कठिन समयसँग जुध्नका लागि यहाँको क्रियाशीलताले समस्या व्यवस्थापनमा उल्लेखनीय टेवा पुगेको छ ।’सोही अनुरूप वडा कार्यालयले साविकका नौ वडाका  स्वास्थ्य स्वयंसेविकाहरूलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको बताउनुभयो । 

 

कार्यक्रममा वडा सदस्य कर्ण बहादुर रेस्मी, नेपाली काङ्ग्रेसको तर्फबाट देबि प्रसाद भट्टराई,नेकपा एमाले वडा न १३ का गाउँ कमिटि अध्यक्ष लिला राज भट्टराई,एकीकृत समाजवादीका प्रतिनिधि  सेशकान्त पाण्डेय लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको वडा स्तरीय महिला समन्वय समिति अध्यक्ष मिना शारूकाे अध्यक्षता र वडाका कम्प्युटर अपरेटर सुमन गहतराजको सञ्चालन सम्पन्न भएको थियो ।

Comments