असोज २० लघुवामा “सांस्कृतिक कार्यक्रम–२०८२” भव्य रूपमा हुँदै, तयारी पूरा
पाल्पा — लघुवा स्थित चन्डेश्वरी युवा क्लबले आयोजना गर्न लागेको “सांस्कृतिक कार्यक्रम–२०८२” आगामी असोज २० गते (शनिबार)तयारी पुरा भएको छ । स्थानीय संस्कृति, कला र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमको तयारी क्लबले पूर्ण रूपमा सकेको जनाएको छ । कार्यक्रम आदर्श माध्यमिक विद्यालय, लघुवाको प्राङ्गणमा ७:०० बजेबाट सुरु हुनेछ ।
कार्यक्रममा देशका चर्चित कलाकारहरूको उपस्थित रहनेछ । लोक दोहोरी गायक तथा सर्जक पुस्कल शर्मा, आधुनिक तथा लोक गायिका रचना रिमाल, र हास्य कलाकार सुमित ‘कु’ घिमिरेले विशेष प्रस्तुति दिने छन् । साथै स्थानीय कलाकारहरूले नृत्य, गीत र नाटकमार्फत कार्यक्रमलाई अझ आकर्षक बनाउने तयारी गरेका छन् ।
चन्डेश्वरी युवा क्लबका अध्यक्ष मिलन कुवरका अनुसार, कार्यक्रम भव्य र आकर्षक बनाउन विशेष तयारी गरिएको बताउनुभयो । उहाका अनुसार क्लबले स्थानीय युवाको सक्रिय सहभागिता, कला प्रदर्शन र मौलिक संस्कृतिको संरक्षणलाई प्राथमिकता दिँदै कार्यक्रम आयोजना गर्न लागेको बताउनुभयो । अध्यक्ष कुवरले भन्नुभयो ूहाम्रो उद्देश्य केवल मनोरञ्जन होइन, स्थानीय कला, गीत, नृत्य र संस्कृतिप्रति नयाँ पुस्तामा गर्व र चेतना जगाउनु पनि हो । यस कार्यक्रमले हाम्रो सांस्कृतिक पहिचानलाई बलियो बनाउन मद्दत पुर्याउने बताउनुभयो ।
रिक्दीकोट वडा न २ का वडा सदस्य पवन कुवरले चन्डेश्वरी युवा क्लब सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको संस्था रहेको बताउनुभयो । क्लबले यस्ता कार्यक्रमहरूका माध्यमबाट समाजमा एकता, सहकार्य र सकारात्मक सोच फैलाउने काम गर्दै आएको बताउनुभयो । आयोजक समितिले सम्पूर्ण स्थानीयबासी, अभिभावक, विद्यार्थी र सांस्कृतिक प्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई सहयोग र सहभागिता जनाउन अनुरोध गरेको छ । क्लबका सदस्यहरूले यस कार्यक्रमले पाल्पाको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्ने र स्थानीय प्रतिभाहरूलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।








































Comments