अर्याल, बस्याल र राना : स्ववियुको लागि अनुभवी र प्रखर उम्मेदवार
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै जाँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारहरूको क्रेज बढ्दो छ। यसपटक संगठनले अनुभवी, लोकप्रिय, र संगठनप्रति प्रतिबद्ध उम्मेदवारहरूलाई अघि सारेको छ । आगामी चैत्र ५ गते हुने निर्वाचनमा नेविसंघले स्ववियुमा दुई वर्षको अनुभव प्राप्त गरिसकेका नेता कार्यकर्तालाई प्राथमिकता दिएको छ ।
अनुभवी नेतृत्वको निरन्तरता : सभापति पदमा कृष्ण अर्यालनेविसंघले सभापति पदका लागि पुनः कृष्ण अर्याललाई अघि सारेको छ। उनी २०७९ को स्ववियु निर्वाचनमा निर्वाचित भएका थिए र त्यसयता स्ववियुको नेतृत्व गर्दै आएका छन् । अघिल्लो कार्यकालमा उनले विद्यार्थी हकहितका मुद्दा उठाउनुका साथै क्याम्पस विकासका लागि महत्त्वपूर्ण योजनाहरू अघि सारेका थिए । नेविसंघले २०७९ मा सभापति पद मात्र पाएर सचिव र कोषाध्यक्ष पद गुमाएको थियो । यही कारण, यसपटक संगठनले आफ्ना उम्मेदवारलाई अझ मजबुत रूपमा अघि सार्दै अनुभवी नेतृत्वलाई निरन्तरता दिने निर्णय गरेको हो ।
अर्याल नेतृत्वमा रहँदा क्याम्पसभित्र विभिन्न शैक्षिक तथा रचनात्मक गतिविधि सम्पन्न भएका थिए । उनले त्रिभुवन बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार सुधार, र विद्यार्थी हकहित सुनिश्चित गर्ने प्रयासहरू गरेका थिए । उनको नेतृत्वमा स्ववियुले क्याम्पस सुधारका विभिन्न पहलहरू थालेको थियो, जसलाई आगामी कार्यकालमा पूर्णता दिने लक्ष्यका साथ उनी पुनः उम्मेदवार बनेका छन् ।
चिव पदमा सुशील बस्याल : सक्षम र निडर विद्यार्थी नेतासचिव पदका लागि नेविसंघले सुशील बस्याललाई अघि सारेको छ । उनी अघिल्लो कार्यकालमा स्ववियु सदस्यको रूपमा काम गरिसकेका अनुभवी विद्यार्थी नेता हुन्। बस्यालले संगठनलाई सशक्त बनाउँदै विद्यार्थीका वास्तविक मुद्दाहरू उठाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।राष्ट्रप्रेमी नामले परिचित सुशील बस्याल एक घर एक लालिँगुरासका सामाजिक अभियान्ता समेत हुन् । उनले केही समय अगाडी राष्ट्रिय झन्डा क्याम्पसमा हस्तान्तरण गरेका थिए । उनी प्रखर, निडर र बहुप्रतिभासाली व्यक्ती हुन् । बस्यालले विद्यार्थीहरूको शैक्षिक सुधार, पुस्तकालय व्यवस्थापन, र क्याम्पसभित्र अतिरिक्त क्रियाकलापको प्रवर्द्धनमा विशेष ध्यान दिने बताइसकेका छन् ।
कोषाध्यक्ष पदमा मिस्मा राना : संगठनको उदीयमान नेतृत्वनेविसंघले कोषाध्यक्ष पदमा मिस्मा रानालाई अघि सारेको छ । अघिल्लो कार्यकालमा विभिन्न विद्यार्थी गतिविधिमा सक्रिय रहँदै उनले संगठनको मजबुतीका लागि महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । उनी संगठन र जिम्मेवारी प्रति इमानदार, निडर, र नेतृत्वदायी क्षमतायुक्त विद्यार्थी नेतृका रूपमा चिनिन्छिन् । उनी महिला र जनजातिको समेत प्रतिनिधित्व गरेकी साझा उम्मेदवार हुन् । रानाले क्याम्पसभित्रको आर्थिक पारदर्शिता, छात्रवृत्ति व्यवस्थापन, र विद्यार्थीहरूको आर्थिक सहयोगका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेकी छिन् । उनको नेतृत्वमा संगठनले महिला विद्यार्थीहरूको हकहितका लागि विशेष पहल गर्ने अपेक्षा गरिएको छ ।
नेविसंघको मुख्य एजेन्डा : विद्यार्थी हकहित र क्याम्पस विकास यसपटकको स्ववियु निर्वाचनमा नेविसंघले संगठन सुदृढीकरण, विद्यार्थी हकहित, र क्याम्पस विकासलाई मुख्य एजेन्डा बनाएको छ । सभापति पदका उम्मेदवार कृष्ण अर्यालले क्याम्पसको गौरवमय इतिहासलाई जोगाउँदै थप रचनात्मक काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनका अनुसार, अघिल्लो कार्यकालमा थालिएका योजना पूरा गर्न, विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न, र स्ववियुलाई अझ प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको हो। यस निर्वाचनलाई नेविसंघले विशेष रूपमा लिएको छ । संगठनभित्र व्यापक छलफल गरी उम्मेदवार चयन गरिएको र अनुभव, क्षमता, तथा लोकप्रियतालाई मुख्य मापदण्ड बनाइएको बताइन्छ । विद्यार्थीहरूको दीर्घकालीन हितलाई ध्यानमा राख्दै संगठनले प्रचारप्रसार गरिरहेको छ ।
विद्यार्थीहरूको आकर्षण नेविसंघप्रति बढ्दोत्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन विद्यार्थीहरूका लागि विशेष चासोको विषय बनेको छ । विभिन्न विद्यार्थी संगठनहरू आ–आफ्ना उम्मेदवारहरू लिएर प्रतिस्पर्धामा छन् । नेविसंघले संगठनलाई अझ मजबुत बनाउन सक्षम नेतृत्व चयन गर्ने रणनीति अख्तियार गरेको छ । नेविसंघका उम्मेदवारहरू अर्याल, बस्याल, र रानाले विद्यार्थीहरूको विश्वास जित्दै संगठनलाई अझ मजबुत बनाउने लक्ष्य लिएका छन् । अनुभव, लोकप्रियता, र संगठनात्मक सुदृढीकरणलाई जोड दिँदै अघि बढेको नेविसंघको प्यानल यसपटक पनि प्रभावशाली हुने अपेक्षा गरिएको छ ।








































Comments