अर्घाखाँचीमा अतिथि सत्कार व्यवस्थापन तालिम शुरू

नेपाल पर्यटन वोर्ड तथा होटल व्यवसाय नेपाल र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ अर्घाखाँची द्वारा संयुक्त रुपमा आयोजित दुई दिने अतिथि सत्कार व्यवस्थापन तालिम  अर्घाखाँची सन्धिखर्कको दओल्ड एभरेष्ट होटल प्रा. ली.मा संचालन भई रहेकोछ । होटल व्यवसाय महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृण्ण प्र. श्रेष्ठ, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, व्यापार संघका अध्यक्ष अशोक कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश होटल व्यवसायी संघका महासचिव ददिराम भन्डारी लगायतले होटल व्यवसायी संघका हक हित र अधिकारका बारेमा बाेल्नु भएको थियो ।

 

कार्यक्रम अर्घाखाँची होटल व्वयसायी संघका सस्थापक सचिव तथा वडा सदस्य वावुराम पन्थीको स्वागत र अर्घाखाँची होटल व्यवसायी संघका महासचिव विण्णु प्रसाद वन्जाडेको संचालनमा खुल्लाशत्रको समापन भएको थियो । खुल्ला शत्रको समापन पछि लगत्तै सुरु गरिएको प्रशिक्षण  कार्यक्रमका प्रशिक्षक ह्रदय यादवले प्रशिक्षण दिदै होटल व्यवसायमा आएका अतिथिहरुलाई कसरी आफ्नो व्यवसाय प्रति आक्रषित गर्ने, ग्राहकको रजिस्ट्ररी कसरी र होटलको व्यवस्थापन कसरी गर्ने, गेष्टहरुलाई खाना कसरी खुवाउने, दैनिक खानाको परिकार कसरी परिवर्तन गर्ने लगायतका कुराहरुको जानकारी दिदै पहिलो दिनको प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।

Comments