अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइयो!!
पाल्पा- ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
संयुक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालले भने यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।
पाल्पामा दिवसका अवसरमा दलित अधिकारका लागि साझा अभियान नेपाल पाल्पा र मानवअधिकार तथा शान्ति समाज पाल्पा शाखाले कार्यक्रम गरेका छन । कार्यक्रममा सरोकारवालाहरुले जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताएका थिए ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रावलले जातीय विभेद उन्मूलन दिवस मनाउन थालेको दुई दशक पुग्दा विभेद उन्मूलनका लागि प्रभावकारी काम गर्नुपर्ने बताए । दलित समुदायका व्यक्तिमाथि अझैपनि कुनै न कुनै रुपको विभेद भइरहेको उनको भनाइ छ । जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क हो । यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । हाम्रो समाजबाट यस प्रथाको समूल अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहन स्थानीय तह‚ प्रदेश तथा संघीय सरकार‚ सुरक्षा निकायका साथै राजनीतिक दल, नागरिक समाज‚ सामाजिक संघ संस्था र सञ्चारकर्मीहरूमा हार्दिक आव्हान गरेका छन । कार्यक्रममा नेपाल दलित संघ पाल्पाका सह सचिव सुनिल बुढाथोकी,पत्रकार सन्तोष गहतराज लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम मानवअधिकार तथा शान्ति समाज पाल्पा शाखाका अध्यक्ष रेणुका देवकाेटाकाे अध्यक्षता र सचिव सुशीला रेग्मीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।
त्यस्तै दलित अधिकारका लागि साझा अभियान नेपाल पाल्पा शाखाकाे आयाेजनामा ५९ औं अन्तर्राष्ट्रिय जातियभेद, रङ्गभेद उन्मुलन दिवस मनाइएको छ । कार्यक्रम तानसेन नगरपालिका,सि डि डब्लु एन र द एसियन फाउन्डेसनकाे सहयोगमा सम्पन्न भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठले नेपालको संविधानले सबै जातजाति, भाषाभाषी‚ वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको बताए । संविधानको यस मर्मलाई आत्मसात् गर्दै जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था समेत गरिएको छ । छुवाछूतका घटना विगतकाे तुलनामा केही कमि आएकाे छ । अब यस्काे अन्त्यका लागि सबै एकजुट भइ अगानी बढ्न आवश्यक रहेको बताए ।
कार्यक्रममा दलित अभियानमा याेगदान पुर्याउनु हुने बसन्त कुमार गहतराज र ठाकुर लाेहागुनलाई सम्मान गरिएको थियाे । कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रदेश सदस्य कृष्ण अधिकारी,नेकपा एमालेका नगरपालिका नगर अध्यक्ष गुराँस आत्रेय, ,नेकपा माओवादी केन्द्रका पाल्पा जिल्ला सचिव मथुरा ढकाल,राष्ट्रिय प्रजातन्त्र पाटी पाल्पाका अध्यक्ष डुल बहादुर कुवँर,नेपाल एकीकृत समाजवादी पाल्पा जिल्लाका सचिव जगन्नाथ नेपाल र राष्ट्रिय जनमाेर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले स्थानीय तहमा दलितकाे नितिगत प्रतिनिधि भएता पनि देशकाे महाेत्वपुर्ण नीति निर्माणमा दलित समुदायकाे उपस्थिति न्यून रहेको बताए । राजनीति दलहरूले पनि दलित समुदायका नागरिकहरूलाई अगाडि बढाउने कुरामा अझै उपेक्षामा गरेको बताए । सबै राजनीति दलभित्र याे मुद्दा अगाडि बढाउने पर्ने र दलित समुदायलाई नीति निर्माणकाे तहमा पुर्याउन पाटी भित्र व्यवस्था गर्नुपर्ने कुरामा गम्भीर हुने पर्ने बताए ।
कार्यक्रम दलित अधिकारका लागि साझा अभियान नेपाल पाल्पा शाखाका उपाध्यक्ष मन्जु विककाे स्वागत मन्तव्य र दलित अधिकारका लागि साझा अभियान नेपाल पाल्पा शाखाका प्रथम उपाध्यक्ष दिनेश गन्धर्वकाे अध्यक्षतामा सम्पन्न भएको थियाे । कार्यक्रममा दलित अभियान्ता राजेन्द्र विश्वकर्माले कार्यपत्र प्रस्तुति गर्नु भएको थियाे ।
जातिय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् । २०६२/६३ सालको जनआन्दोलन पछि पुनस्थापित संसद्ले २०६३ साल जेष्ठ १६ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर अहिले पनि छुवाछुतका घटना हुने गरेका छन् ।








































Comments