अखिल(क्रान्तिकारी) त्रि वि क्याम्पस तानसेन पाल्पाकाे छात्रा बिभागकाे अध्यक्षमा झेडी मगर

पाल्पा-अखिल (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पस समितिले छात्रा बिभाग गठन गरेको छ । छात्रा बिभाग अध्यक्षमा कुशुम झेडी मगर र सचिवमा ईच्छा थापा मनोनीत गरेको क्याम्पस समिति अध्यक्ष मिलन-राज घर्ती मगरले बताउनुभयो ।

 

बिभागले मुख्यतया छात्राहरुको हक हित,नेतृत्व बिकास लगायत समग्र क्याम्पसका शैक्षिक मुद्दाहरु उठान गर्ने उदेश्यले बिभाग गठन गरेको उहाँले बताउनुभयो । नवगठित छात्रा बिभागले पहिलो बैठक बसि महत्त्वपूर्ण प्रस्तावहरु माथी छलफल गरि महत्त्वपूर्ण निर्णयहरु पारीत गरेको नवनियुक्त अध्यक्ष कुशुम झेडी मगरले बताउनुभयो ।

 

बैठकको प्रमुख अतिथि तानसेन नगरपालिका उपप्रमुख प्रतीक्षा गाहा सिंजाली रहनु भएको थियाे । कार्यक्रमकाे विशिष्ट अतिथि पुर्ब स्ववियु सचिव अनिल किशोर घिमिरे र अतिथिमा अखिल (क्रान्तिकारी) महिला संघ जिल्ला अध्यक्ष  रितु श्रेष्ठ,सचिव गोमा पचभैया र अखिल(क्रान्तिकारी) जिल्ला समिति अध्यक्ष तारा बहादुर रायमाझी ,उपाध्यक्ष बिज्ञान दुधराज,स्ववियु सदस्य सुजिता राना मगर रहनु भएको थियाे ।

Comments