ऐतिहासिक धरोहर माथीको भद्दा मजाक
पाल्पा जिल्लाका सार्बजनिक/पुरातात्त्विक/ऐतिहासिक धरोहर माथी हस्तक्षेप,अतिक्रमण र भद्दा मजाक भएपछी केहि त बोल्नु पर्यो!कोइ त बोल्नु पर्यो !
सन्दर्भ हो, गत शनिबार नेपालकै एक महोत्वपुर्ण पर्यटकिय स्थल रानिमहल भित्र गरिएको नेकपा एमाले तानसेन नगर कमिटिको बैठक र झन्डा ब्यानरको प्रदर्सन गर्नु,बैठक बस्नु, कार्यक्रम गर्नु कुनै आपत्तिको बिषय भएन तर सार्बजनिक महोत्वको स्थानमा कुनै अमुख पार्टीको बैठक बस्नु के त्यो सहि हो?प्रस्न यसमा हो । शनिबार रानिमहल भित्र खचाखच कार्यकर्ताहरु भरेर भित्ताभरी झन्डा ब्यानेर टागेर दिनभर त्यो कक्ष कब्जा गरेर अनि गर्बका साथ सामाजिक संजाल फेसबुकमा पार्टीको बैठक सम्पन्न भन्दै पोस्ट गरियो र कार्यकर्ता बाट ताली पिटाइयो । तमाम प्रस्नहरु उठेपछी सम्बन्धीत पक्षबाट भनिएको छ,रानिमहलको थप प्रचार र बिकास गर्न यो बैठक गरिएको हो । ठिक छ मनमा रानिमहलको प्रचार गर्ने नै उद्देश्य हुदो हो,थियो होला ! तर त्यो तरिका मिलेन,शोभनिय भएन र तरिका गलत भयो भन्ने हो ।त्यसकारण, रानिमहल जस्तो ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रमा नेकपा एमाले जस्तो जिम्मेवार पार्टीबाट गरिएको भद्दा मजाक हो र यो गम्भीर गल्ती हो । यसका लागि त्यो संगठनले सार्बजनिक रुपमा माफी माग्नु र भबिस्यमा यस्ता कमजोरी नदोहोर्याउने प्रतिबद्दता गर्नु त्यो पार्टीको हितमा हुनेछ।
सन्दर्भलाई फर्केर हेर्दा गत मङ्सिरमा ने का पाल्पाले आफ्नो जिल्ला सम्मेलन गर्ने बेला तानसेन नगरपालिका को बोर्डनै छोपेर दिनभर पार्टीका झन्डा ब्यानर सहित भाषणबाजि गरेको थियो । त्यो हर्कतको चौतर्फी आलोचना भएपछी त्यो कार्यक्रमका प्रमुख अतिथिका रुपमा आएका गगन थापा र नेका पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ ले दुई दिनपछी गल्ती भएको भनी सार्बजनिक रुपमा माफी मागेका थिए । ठूलो पार्टी हुनुको अर्थ ठुलाठुला काण्डहरु गर्ने होकि ! समाजलाइ सहि दिशा दिने हो? आज देशका लागि यो अहम महोत्वको प्रस्न हो । यी दुबै गल्तिहरुमा तानसेन नगरपालिका समेतको गम्भीर ट्रुटी भएको छ।भबिस्यमा यस्ता हर्कतहरुको मुख दर्शक बनेर नबस्न नगर सरकारलाइ खबरदारी गरौ।
# ऐतिहासिक सम्पदामाथिको हस्तक्षेप/ अतिक्रमणको सृखला :
कुरा यतिमा मात्रै सिमित छैन पाल्पा जिल्लाका सार्बजनीक, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरुको अतिक्रमण, मिचाइ र कुरुपता बनाउने काम व्यापक रुपमा भैरहेको छ।
केही दिन अगाडी पुरातत्त्व भिभागका प्रमुख उपस्थित भएको एक सर्बपक्षिय कार्यक्रममा बिभागका बिज्ञ राम बहादुर कुवरले त्यो गम्भीर खुलासा गरेका थिए।कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा कुवरले ऋषिकेस मन्दिर,अमरनाराण मन्दिर,भैरबनाथ मन्दिर,पाल्पा दरबार परिसर,रानिमहल आदि क्षेत्रमा अतिक्रमण भैरहेको रिपोर्ट प्रस्तुत गरेका थिए ।
त्यो सन्दर्भमा कुवरले उदाहरण दिदै भनेका थिए, अमरनारायण मन्दिर परिसरमा बनाइएको पोखरिले ऐतिहासिक अमरनाराण मन्दिरलाइ कुरुप बनाएको जिकिर गरेका थिए । त्यसैगरी ऋषिकेश मन्दिर परिसरमा विभिन्न निहुमा अतिक्रमण भएको कुरा बताएका थिए । भैरबनाथ मन्दिरमा नेपाल टेलिकमले राखेको टावर हटाउन बिगत ७ बर्स देखि पत्राचार गरिरहेको कुरा उल्लेख गरेका थिए साथै त्यो मन्दिर परिसरमा निर्माण भएका होटल तथा पसलका टहराहरुले मन्दिरलाइ कुरुप बनाइरहेको र पुरातात्त्विक सम्पदा भित्र ती कामहरु बर्जित रहेको समेत कार्किले जानकारी गराएका थिए र ती सबै संरचनाहरु तत्काल हटाउनु पर्ने कुरामा समेत जोड दिएका थिए । कार्यक्रममा बोल्दै अतिक्रमणको गन्ध रानिमहलमा समेत रहेको संकेत गरेका थिए।कार्किको कुराबाट के पुष्टि हुन्छ भने, विभिन्न बाहाना पाल्पाका ऐतिहासिक धरोहरमाथी हामिले अतिक्रमण कुरुपता र भद्दा मजाक गरिरहेका रहेछौ । के यी बिषयहरु गम्भीर होइनन ?
पाल्पा काठमाडौ पछिको दोस्रो पुरातात्त्विक सम्पदा भएको जिल्ला हो।यस बाहेक हामी सङ्ग अरु थुप्रै ऐतिहासिक तथा धार्मिक सम्पदाहरु रहेका छन।ती पाल्पाका गहना हुन, सम्पत्ति हुन।यति धेरै सम्पदाहरु हुदाहुँदै पनि हामिले किन पाल्पालाइ अपेक्षाकृत बिकास गर्न सकेनौ?लार्जेस्ट पार्टीको हवला दिदै गर्दा पाल्पा बिकास नहुनुको उत्तर पनि हामी सङ्ग छ कि छैन ?पटकपटक निर्बाचित जनप्रतिनिधि ती पार्टीले पाल्पाको बिकासको सहि नेतृत्व गर्नु पर्ने हो कि होइन ?
यी सबै कुराहरु आलोचनाका लागि आलोचना मात्र होइनन यी पाल्पाको जिबनमा गुज्रिएका अहम बिषय हुन । यति हुदाहुदै पनि हामी सङ्ग सच्चिने र काम गर्ने समय अझै पनि बाकी छ । रिसराग,प्रतिशोध,इगो,बक्तिगत र पार्टीगत स्वार्थ र प्रतिस्ठा त्यागौ अनि पाल्पा बिकासको साझा यात्रामा हातेमालो गरौ,धन्यवाद ।








































Comments