ऐतिहासिक महाेत्व बाेकेका ढुङ्गेधाराकाे संरक्षण गर्दै तानसेन नगरपालिका

{ढाक्रेबासमा निर्मित ऐतिहासिक धाराकाे नगर प्रमुख श्रेष्ठद्वारा  समुद्घाटन}

पाल्पा- जिल्लाकाे तानसेन नगरपालिकाले नगरपालिका भित्रका ऐतिहासिक महाेत्व बाेकेका ढुङ्गेधाराहरूकाे संरक्षणमा जाेड दिएको छ । पाल्पाकाे तानसेन ऐतिहासिक कला सस्कृति,संम्पदा,मठमन्दिर,प्राकृतिक स्त्राेत तथा साधनले धनी जिल्ला हाे । साेहि कारणले पनि पाल्पा जिल्लालाई काठमाडौकाे भाइ भनेर चिन्ने गरिन्छ । तानसेनमा बिगतकाे समयमा खानेपानी चरम समस्या थियाे । पछिल्लो समय खानेपानीकाे क्षेत्रमा नगर सरकारले निकै सुधार गरेकाे स्थानीयहरूले अनुभुती गरेका छन । तानसेनमा खानेपानीकाे समस्या भन्दा पनि भएको पानीकाे सहि रूपमा सदुपयोग गर्न नसकेकै कारण खानेपानी चरम समस्या सिर्जना  थियाे, अहिले खानेपानीकाे स्त्राेतलाई खाेजी गर्ने,मुलकाे संरक्षण गर्ने र व्यवस्थापकिय पक्षलाई बलियाे बनाएकै कारण खानेपानी सहज उपलब्धता गराउन सकिएको तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष माेहन प्रसाद श्रेष्ठले बताए । 

 

यसैबीच तानसेन नगरपालिकाले नगरभित्रका ऐतिहासिक ढुङ्गेधाराहरूकाे संरक्षणमा चासाे देखाएको छ । शनिबार पाल्पाकाे तानसेन नगरपालिका वडा न १ ढाक्रेबासमा निर्मित ऐतिहासिक धाराकाे नगर प्रमुख सन्तोष लाल श्रेष्ठ समुद्घाटन गरेका हुन । ऐतिहासिक महाेत्व बाेकेकाे उक्त ढुङ्गेधाराकाे संरक्षण नहुदा लाेप हुने अवस्थामा पुगेकाे थियाे । साेही परिस्थितिमा स्थानीय बासीहरूले संरक्षणका लागि नगर सरकारसँग बजेट माग गरेका थिए । अहिले उक्त ढुङ्गेधारालाई व्यवस्थित गरिएको छ । धाराकाे समुद्घाटन गर्दै तानसेन नगर सरकारका प्रमुख सन्तोष लाल श्रेष्ठले तानसेन नगर सरकारले ऐतिहासिक महाेत्व बाेकेका ढुङ्गेधाराहरूकाे संरक्षणमा नगर सरकारले जाेड दिएकाे बताए । यस्ता ढुङ्गेधारा,पधेराहरूकाे छुट्टै महाेत्व छ । यसकाे संरक्षण गर्नु हाम्रो दायित्व हाे । नगर सरकारले नगरभित्रका ऐतिहासिक महाेत्व बाेकेका  ढुङ्गेधारा,कुवा,पधेराहरूकाे संरक्षण र सम्वर्धनमा जाेड दिएको बताए । तानसेन नगरपालिका भित्रका ढुङ्गेधारा,कुवा,पधेराहरूलाई संरक्षण गर्न सके खानेपानीकाे आपुर्तिमा थप सहयोग पुग्ने बताए । तानसेन नगरपालिका पुरानाे ईतिहास बाेकेकाे नगरपालिका हाे । तानसेनमा धेरै ऐतिहासिक,पुरातात्त्विक,मठमन्दिर,ढुङ्गेधारा, कुवा,सस्कृतहरू छन । पर्यटकहरू यस्ता चिजहरू हेर्नका लागि पनि पाल्पा आउने गर्दछन । नगर सरकारले यस्ता ऐतिहासिक महाेत्वका ढुङ्गेधारा,कुवा,पधेराहरूलाई संरक्षण गरि यस्काे महाेत्व र विशेषतालाई प्रचार प्रसार गरि पर्यटन प्रवर्द्वनमा पनि टेवा पुर्याउने गरि अगाडि बढेको बताए ।

 

तानसेन वडा न १ ढाक्रेबासमा निर्मित ऐतिहासिक धाराकाे उद्घाटनमा पुग्नु भएकी नगरपालिका उप प्रमुख प्रतिक्षा सिङ्जालीले धारा निर्माणले नागरिकहरूलाई सहज खानेपानी उपलब्ध मात्र नभइ उक्त ढुङ्गेधाराकाे ईतिहासलाई जाेगाउन सहयोग गरेको बताइन । नगरपालिकाले नगर भित्रका यस्ता सम्पदाहरूलाई संरक्षण र सम्वर्द्वन गर्नका लागि प्रयास गरिरहेकाे बताइन । नगर सरकारसँग समिति स्त्राेत तथा साधनका कारण प्रयाप्त बजेटकाे अभाव छ । तर नगर सरकारले प्रयाप्त बजेटकाे अभावका बाबजुद पनि सम्पदाकाे संरक्षणमा बिशेष जाेड दिदै आएकाे बताइन । 

 

तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्यालले तानसेन वडा न १ मा रहेका ऐतिहासिक महाेत्व बाेकेका ढुङ्गेधारा,पधेरा,कुवाहरू खाेजी गरि संरक्षणमा जाेड दिदै आएकाे बताए । यस्ता ऐतिहासिक महाेत्व बाेकेका ढुङ्गेधारा,पधेरा,कुवाहरूकाे खाेजी गरि संरक्षण गर्दा एक तर्फ इतिहासलाई जाेगाउन सकिने र अर्को तर्फ स्थानीयलाई सहज रूपमा खानेपानी उपलब्ध गराउन सकिने बताए । उक्त ढाक्रेबासकाे ढुङ्गेधाराकाे संरक्षण गर्न २ लाख बजेट बिनियाेजन गरिएको र आगामि दिनमा वडा भित्रका अन्य ऐतिहासिक महाेत्व बाेकेका ढुङ्गेधारा,कुवाहरू र संम्पदाहरूकाे संरक्षणमा वडा सरकारले जाेड दिने बताए । 

 

स्थानीय हरि कृष्ण कार्कीले ढाक्रेबासकाे ऐतिहासिक महाेत्व बाेकेकाे धारा संरक्षणकाे अभावले गर्दा जिर्ण अवस्थामा रहेको बताए । अहिले नगरपालिकाले बजेट बिनियाेजन गरेर धाराकाे पुननिर्माण गर्न पाउँदा स्थानीय बासी खुशी भएको बताए । ढाक्रेबासकाे छुट्टै ऐतिहासिक महाेत्व रहेको बताए । परापुर्वक कालमा बिशेष गरि उक्त स्थानमा ठुलाे बस्ती रहेको थियाे । साेही स्थानकाे बाटाे भएर पर्वतका ढाक्रेहरू नुन लिन बटाैली सम्म पुग्ने इतिहास रहेकाे बताए । उक्त ढुङ्गेधारा भएका ठाउँमा ढाक्रेहरूले ढाकर बिसाएर पानी खाने गरेका कारण उक्त स्थानकाे नाम ढाक्रेबास रहेको बताए । धारामा गर्मी माैसममा चिसाे पानी आउने र जाडाे समयमा ताताे पानी आउने गरेको बताए । धाराकाे संरक्षण गरि ईतिहासलाई पनि जाेगाउने प्रयास गरेकोमा नगरपालिकालाई धन्यवाद दिए ।

 

कार्यक्रममा समाजसेवी शिव चन्द्र खनाल, स्थानीय एक बहादुर कार्की ,टंक बहादुर कार्की,शकर प्रसाद खनाल लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रम सञ्चालन अच्युत खनालकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

 

Comments