अब "जन्म घर फर्केर हेर "अभियान सञ्चालन गर्न आवश्यकता छ । ;सांसद राना

पाल्पा- लुम्बिनी प्रदेशका पुर्व उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री एवम वर्तमान प्रदेश सांसद वीर बहादुर रानाले "जन्म घर फर्केर हेर "अभियान सञ्चालन गर्न आवश्यक रहेको बताएका छन ।  रैनादेबी छहरा गाउँपालिका युवा तथा खेलकुद विकास समितिले आयाेजना गरेको पाल्पा जिल्लाका अन्तरपालिका स्तरीय चाैथाे अध्यक्षकप पुरूष भलिबल प्रतियाेगिता उद्घाटन कार्यक्रममा बाेल्दै सांसद रानाले उक्त कुरा बताएका हुन  । विगतमा गाउँमा विकास थिएन तर आम नागरिकहरू गाउँघरमै थिए । अहिले विकास गाउँ तर्फ आउदा दिन प्रतीदिन गाउँघर उजाड बन्दै गएको बताए । गाउँलाई हराबरा बनाउन र आम नागरिकलाई आफ्नाे जन्मभुमि प्रती उत्तरदायी बनाउन अब" जन्म घर फर्केर हेर" अभियान सञ्चालन गर्नुपर्ने बताए । पालिकाका धेरै नागरिकहरू देशका महाेत्वपुर्ण स्थानमा पुगी सेवा गरिरहेका छन । ती नागरिकहरूकाे क्षमतालाई आफ्नाे जन्म भुमिप्रती सकारात्मक बनाई सुन्दर र हराबरा बनाउन अभियान शुरू गर्नै पर्ने बताए । आफु प्रदेश सांसद भएकाे नाताले लुम्बिनी प्रदेशबाट नै अभियान शुरूवात गर्ने बताए  । रैनादेबी छहरा गाउँपालिकाले पाल्पा जिल्लाका १० वटै पालिकालाई केन्द्रीकृत गरि अध्यक्षकप आयाेजना गरेकोमा प्रशंसा गर्दै यस्ले पश्चिम पाल्पाको खेल पर्यटनमा समेत महाेत्वपुर्ण भुमिका खेल्ने बताए  । पालिकाले प्रतियाेगिता आयाेजना गरि खेलाडीहरूमा रहेको प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गरेको बताए । खेलकुदले खेलाडी आफु मात्र हाेइन राष्ट्रलाई पनि विश्वसामु चिनाउने माध्यम रहेकोले खेलाडीहरू उच्च मनाेबलका साथ अनुशासित ढंगले खेलमा सहभागी हुन आर्हग गरे । स्थानीय सरकारले पालिकाका ऐतिहासिक, धार्मिक स्थलकाे संरक्षण प्रचार प्रसार गरि खेलकुद,राेजगार,कृषि,पर्यटनका हिसाबले गाउँमै बसुबसु बनाउने गरि स्थानीय सरकार लाग्नुपर्ने बताए । जिल्लाका स्थानीय सरकारले नागरिकहरूलाई प्रवाह गर्ने सेवा प्रवाह,सुशासनका बिषयमा छलफल अन्तरक्रिया गरि सेवा प्रवाहलाई नागरिकहरूले अनुभुति गर्ने गरि काम गर्नुपर्ने कुरामा जाेड दिए । 



कार्यक्रममा रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले गाउँपालिकाले खेलकुद पर्यटनकाे माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्वन गर्न प्रतियाेगिता आयाेजना गरेकाे बताए । गाउँपालिकाले खेलाडीहरूकाे शारीरिक एवम मानसिक वृद्धि विकास गर्न,वडा स्तरबाट खेलाडीहरूकाे प्रतिभा पहिचान गर्न,पाल्पा जिल्लाका पालिकाहरूबिच हातेमालो गरि समग्र पाल्पा जिल्लालाई राष्ट्रसामु खेलकाे माध्यमबाट परिचित बनाउन,खेलकुदकाे माध्यमबाट स्थानीय तहहरूबिच आपसी समधुर सम्बन्ध बनाउने हेतुका साथ प्रतियाेगिता आयाेजना गरेको बताए । गाउँपालिकाले युवा कार्यक्रम माध्यमबाट युवाहरूलाई राेजगारीमा जाेड्ने कार्यकाे थालिन गरेको बताए । पालिकाले युवाहरूलाई स्वराेजगार बनाउ उपाध्यक्षसँग युवा कार्यक्रम सञ्चालन गरिरहेकाे बताए  । आगामी बर्ष अध्यक्षसँग युवा कार्यक्रमबाट युवा श्रम बैंक मार्फत युवाहरूलाई आत्मनिर्भर बनाउने बताए । 



कार्यक्रममा रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले  खेलाडीहरूले खेलकुदबाट पनि राम्रो आम्दानी गर्न सक्ने सम्भावना रहेकाे बताएका छन । रैनादेबी छहराले खेलाडीहरूलाई केन्द्रीकृत गरि प्रतियाेगिता आयाेजना गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा खेलाडीहरू अनुशासित र मर्यादित भइ खेलमा सहभागी भइ राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन गरि अगाडि बढ्न आर्गह गरे ।  रिब्दीकाेट गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएर काम गरिरहेकाे बताए । रैनादेबी छहरा गाउँपालिका र रिब्दीकाेट गाउँपालिका छिमेकी गाउँपालिका रहेकोले दुबै पालिकाकाे सम्भावना कृषि र पर्यटनबाट नै रहेको बताउदै कृषि र पर्यटनकाे क्षेत्रमा  सहकार्य गरि अगाडि बढ्न तयार रहेको बताए ।

 

कार्यक्रममा रैनादेबी छहरा गाउँपालिकाका निवर्तमान अध्यक्ष राम बहादुर कार्की,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरे,नेकपा एमाले  रैनादेबी छहरा गाउँपालिकाका प्रतिनिधि झविन्द्र रायमाझी,रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल खाड लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम रैनादेबी छहरा गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाकाे सञ्चालनमा सम्पन्न भएको थियाे । "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद"भन्ने नाराका साथ जिल्ला भलिबल संघकाे समन्वयमा चैत्र ५ गते देखि ७ गते सम्म प्रतियाेगिता सञ्चालन हुनेछ । प्रतियाेगितामा प्रथम हुनेले ७५ हजार,द्वितीयले ४५ हजार,तृतीयले ३० हजार र सान्त्वना हुनेले १५ हजार प्राप्त गर्ने युवा तथा खेलकुद विकास समिति,रैनादेबी छहरा गाउँपालिका संयाेजक नारायण कार्कीले जानकारी दिए । प्रतियाेगिताकाे पहिलो दिन आज रैनादेबी छहरा र तिनाउ गाउँपालिका बिच भएको थियाे । जस्मा रैनादेबी छहरा गाउँपालिकाले जित हात पारेको छ । भने आजै सम्म तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका बिचकाे खेलमा बगनासकाली गाउँपालिकाले जित हात पारेको संयाेजक कार्कीले जानकारी दिए । 

Comments