आदर्श माविमा विश्व बहादुर कार्की र दीपक कुँवरको नेतृत्व
कमल प्रसाद गैरे
पाल्पा- जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं. २ लघुवा पाल्पा अन्तर्गतको आदर्श माध्यमिक विद्यालयमा शिक्षा ऐन २०८२ र शिक्षा नियमावली २०७९ बमोजिम विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ पुनर्गठन गरिएको छ । विद्यालयको अभिभावक भेलामा रिब्दीकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम आचार्यको अध्यक्षता, वडा नं. २ का अध्यक्ष ओमप्रकाश पोखरेलको प्रमुख आतिथ्य र शिक्षा शाखा स्रोतव्यक्ति गोपाल बहादुर केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । भेलाले विद्यालयको शैक्षिक, प्रशासनिक र व्यवस्थापकीय कार्यलाई थप सुदृढ र पारदर्शी बनाउन नयाँ नेतृत्व चयन गरेको हो ।
नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विश्व बहादुर कार्की निर्वाचित हुनुभएको छ । सो समितिमा सदस्यहरूका रूपमा मति बहादुर थापा, पुष्पा नेपाल,विनोद ढकाल, वृन्दा ज्ञवाली, शुशिला खनाल, पवन कुँवर, शिक्षक प्रतिनिधि नारायण न्यौपाने र सदस्य सचिवमा रघुनाथ नेपाल चयन हुनुभएको छ ।
त्यस्तै, शिक्षक अभिभावक संघको अध्यक्षमा दीपक कुँवर निर्वाचित हुनुभएको छ । संघमा सदस्यहरूका रूपमा सरिता नेपाल, निर्मला बुढामगर, अनिता खाम्चा, अस्मिता खनाल, शान्ता पाण्डे, केशरी तरामु, हेमा ढकाल, विश्व कार्की, सुस्मा न्यौपाने र रहुनाथ नेपाल चयन हुनुभएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ दुवै निकायले सहकार्य, पारदर्शिता र जिम्मेवार नेतृत्वद्वारा विद्यालयलाई उत्कृष्ट शिक्षालयको रूपमा अघि बढाउने नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बिष्णु बहादुर कार्कीले बताउनुभयो ।








































Comments