आदर्श माध्यमिक विद्यालय रिब्दीकाेट वडा न २ पाल्पाको ६२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

पाल्पा- जिल्लाकाे रिब्दीकोट गाउँपालिका वडा न. २ मा अवस्थित आदर्श माध्यमिक विद्यालय देउराली, पाल्पाको ६२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

 

कार्यक्रमकाे उद्घाटन रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नुभएको हाे । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गाउँपालिकाले विद्यालयकाे भाैतिक एवम शैक्षिक विकासका लागि सहयोग गरिरहेकाे बताए । हरेक विद्यालयकाे समग्र शैक्षिक विकासका लागि विद्यार्थी,अभिभावक र शिक्षककाे त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताए । यी तिनै पक्षकाे सकारात्मक सम्बन्ध भएमा विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि हुने बताउदै समग्र विद्यालयकाे शैक्षिक एवम भाैतिक विकासमा एकताबद्व भई लाग्न आग्रह गरे । गाउँपालिकाले विद्यालयलाई आगामी दिनमा गर्नुपर्ने सहयोग गर्ने बताए ।    

 

कार्यक्रमका विशिष्ट अतिथि रिब्दीकोट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारी रहनु भएको थियाे । कार्यक्रममा  वडा न. २ का वडा अध्यक्ष ओम प्रसाद पोखरेल, कार्यपालिका सदस्य मिरा राना,वडाका जनप्रतिनिधि,विद्यालयका पुर्व शिक्षकहरुको आतिथ्यता लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा विद्यालय प्राङ्गणमा सभ्य, भब्य रूपमा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम लाल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ ।

Comments