आनन्द बचत तथा ऋण सहकारीमा नयाँ नेतृत्व : अध्यक्षमा सरोज लाल शाक्य निर्विरोध

पाल्पा -तानसेन नगरपालिका–६ भिमसेन टोलमा अवस्थित आनन्द बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ, जसअन्तर्गत अध्यक्ष पदमा सरोज लाल शाक्य निर्विरोध रूपमा चयन भएका छन्।

 

साधारण सभाले उपाध्यक्षमा रत्न लाल बज्राचार्य, सचिवमा विनयराज बज्राचार्य, सहसचिवमा अनुराधा बज्राचार्य, कोषाध्यक्षमा मनिसलाल बज्राचार्यलाई चयन गरेको छ । त्यस्तै, सदस्यहरूमा सर्जुलाल बज्राचार्य, पुतली देवी शाक्य, दिनेश बहादुर बज्राचार्य, अनुपमा शाक्य बुद्धाचार्य, नारायण बहादुर बज्राचार्य, शोभामान बज्राचार्य र जीवनमान बज्राचार्य निर्वाचित भएका छन् । कार्यक्रममा सहकारीको विगत १५ वर्षको यात्रामा प्राप्त उपलब्धि, आगामी दिनमा सदस्य–सदस्यामाझ वित्तीय पहुँचलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता र सहकारीको भूमिका सम्बन्धमा विभिन्न वक्ताहरूले धारणा राखेका थिए । 

 

अध्यक्षमा निर्वाचित सरोज लाल शाक्यले आफ्नो धन्यवाद ज्ञापन गर्दै सहकारीलाई अझ आधुनिक र सदस्यमैत्री बनाउन, सहकारीको सेवा प्रवाहलाई डिजिटलिकरण गर्ने, आर्थिक गतिविधिलाई उत्पादनमूलक क्षेत्रमा जोड्ने र स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे । सहकारीका पूर्व अध्यक्ष तथा पदाधिकारीहरूले पनि नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै निरन्तर प्रगतिशील यात्रा अगाडि बढाउन शुभकामना दिनुभएकाे छ । साधारण सभामा स्थानीय सरोकारवाला, सदस्य, समाजसेवी तथा अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो । 

Comments