आम सर्वसाधारण नागरिकहरुलाई सतर्कता अपनाउनुहुन नगर प्रमुख श्रेष्ठकाे अपिल

पाल्पा- तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ नगरवासीलाई सतर्कता अपनाउनुहुन अनुराेध गर्नु भएको छ । नगर प्रमुख श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै विगत केही दिन देखि परिरहेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेश पाल्पा जिल्ला, तानसेन नगरपालिका सहितका विभिन्न स्थानमा बाढी, पहिरो लगायतका विपद्का घटनाहरु हुन् सक्ने सम्भावनालाई ध्यानमा राख्दै, तानसेन नगरपालिकाका नगरवासी, आम सर्वसाधारण नागरिकहरुमा उच्च सतर्कता तथा सचेतनाको लागि हार्दिक अपिल गर्नु भएको छ ।

 

तानसेन नगरपालिका अन्तर्गतका विभिन्न क्षेत्रहरुमा संभावित जोखिम तथा विपदजन्य घटनाहरु घटेमा तत्काल उद्धार कार्यकालाई छिटो, छरितो र प्रभावकारी बनाउन यस नगरपालिकाको हटलाइन नं ९८५७०६०५५२ (नगर प्रमुख), ९८५७०७४१११(प्र.प्र.अ) वा ९८४७०२८३६८ (सूचना अधिकारी) मा जानकारी गराउनुहुन अनुरोध गर्नु भएको छ । प्राकृतिक जोखिम हुन सक्ने यस प्रतिकुल समयमा अत्यावश्यक काम वाहेक यात्रा नगर्नुहुन समेत अनुरोध गर्नुभएकाे छ ।

 

लगातार परेकाे बर्षातका कारण लुम्बिनी प्रदेश लगाए पाल्पा जिल्ला पनि बर्षा भइरहेको छ । बर्षातका कारण धेरै स्थानमा बाडी तथा पहिराेले जनजीवन प्रभावित गरेको छ । १४ वटा वडा रहेको तानसेन नगरपालिका बासीलाई सचेत र सुरक्षित रहन नगर प्रमुख श्रेष्ठकाे अनुराेध छ ।  

 

Comments