आजबाट तानसेन देखि काठमाडौका लागि शोफा सिटर रात्री बस सञ्चालन
पाल्पाको सदरमुकाम तानसेन देखी काठमाडौं सम्म अत्यन्त सुविधा सम्पन्न बसमा यात्रा गर्न सकिने भएको छ। यात्रुको सुविधालाई मध्यनजर गर्दै पाल्पाबाट काठमाडौं रात्री सेवामा ‘ शोफा सिटर एसी’ बस सञ्चालन हुने भएको हो । ४१ सीट क्षमता भएको उक्त सोफा सिटर बसमा, २ जना सुत्न मिल्ने सिटको समेत ब्यावस्था गरिएको गाडी सन्चाल तुल्सीराम पान्डे भुवनले जानकारी दिनु भयो ।
पश्चिम नेपाल बस प्रालीद्धारा सन्चालन भएका बस तानसेन पाल्पाबाट बेलुका ७ः३० बजे तथा सोही समयमा काठमाडौ गंगबुसपार्कबाट छुट्ने छन । करोडौ लगानीमा संन्चालनमा आएका शोफा सिटर बसले धुवाँ नफाल्ने बाताबरण अनुकुलित ईन्टरनेट सुबिधा र पिउने पानीको समेत ब्यबस्था गरिएको सन्चालाक पान्डेले बताउनुभयो । यस्तो बस पाल्पामै पहिलो पटक भित्रिएको पश्चिम नेपाल बस प्राली जनाएको छ । तानसेनबाट काठमान्डौ सम्म भाडा १३०० रुपैया कायम गरिएको छ ।








































Comments