आज देखी पाल्पाको निस्दीमा महोत्सव हुदै,तयारी पुरा !!
हाेम राई मगर
आज सोमबार देखि पाल्पाको निस्दीमा आयोजना हुने महोत्सवको तयारी पुरा भएको छ । निस्दी गाउँपालिकाको वडानम्बर ४ मित्याल झ्याल्टुङ् पाल्पामा आयोजना हुने दोस्रो निस्दी कृृषि पर्यटन तथा सांस्कृतिक तथा खेलकुद महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । भोली उद्घाटन हुने महोत्सवमा मन्च निर्माण, सचिवालय निर्माण, कम्पाउण्डीङ्, पार्किङ् , स्टल व्यवस्थापन लगायतका अन्य सबै तयारी पुरा भएको आज पत्रकार भेटघाट कार्यक्रम गरेर जानकारी गराइएको छ । भोली पहिलो दिन निस्दी गाउँपालिकाका ५ वटै वडाका कौरा, ठूलोनाँच, घाटु, झ्याउरे, बालन, लगायतका झाँकी प्रदर्शन हुने हाम्रा प्रतिनिधी धनबहादुर ठाडाले जानकारी दिनुभएको छ । महोत्सवमा भोली नै प्रथम निस्दी डान्स आइडलको अडिसन तथा यही चैत २९ गतेबाट अन्तरपालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता हुने बुझिएको हो ।
निस्दी खेलकुद विकास समिती अध्यक्ष उमेश कुमार गाहाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यपाहुना गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु तथा प्रशासकिय अधिकृत मदन अर्यालले निस्दीको गौरवको रुपमा आयोजना हुन लागेको महोत्सव सफल बनाउन सबैको सहयोग हुनुपर्ने बताउनुभएको छ ।निस्दी खेलकुद विकास समितीको आयोजना तथा निस्दी गाउँपालिका संरक्षणमा हुने महोत्सवबारे जानकारी गराइएको कार्यक्रमको संचालन समितीका सचिव होमराई मगरले गर्नुभएको हो ।महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको रमाइलो प्रस्तुती, निस्दीका पर्यटकिय स्थलको फोटो प्रर्दशनी , स्थानिय स्तरका कला संस्कृतिको संरक्षण प्रवद्र्धन गरिने भएको छ ।








































Comments