आज तानसेन टुडिखेलमा हुने च्यारिटि म्युजिक फिस्टाकाे तयारी पूरा !!
पाल्पा-बैशाख १५ गते अर्थात आज शनिबार तानसेनकाे टुडिखेलमा लाेक प्रिय गायक प्रकाश सपुत र गायिका तिर्सना गुरूङ्ग प्रस्तुति रहने छ । कल्याण युवा क्लब तानसेन पाल्पाकाे आयाेजनामा हुने च्यारिटि म्युजिक फिस्टामा गायक सपुत र गायिका गुरूङ्ग बेजोड प्रस्तुति रहनेछ । उक्त कार्यक्रमकाे तयारी पूरा भएको आयाेजकले जनाएका छन । कार्यक्रम दिउसाे १ बजे देखि राति ९:३० बजे सम्म चल्ने छ ।
जस्काे सहआयाेजकमा धराेहर एड्भेन्चर रहेका छन । सहयोगीमा तानसेन नगरपालिका वडा न ६,आइ डि ओ,फुड पान्टनरमा राेयल ईन,सित्तल फार्म र साउन्ड पार्टनरमा ट्रि साउण्ड रहेका छन । तानसेन टुडिखेलमा आयाेजना हुने उक्त च्यारिटि म्युजिक फिस्टामा राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारहरूकाे पनि बेजाेड प्रस्तुति रहने गरि तयारी गरिएको कल्याण युवा क्लबका अध्यक्ष सुरज शाक्यले बताए ।
बिरामीहरूकाे लागि एम्बुलेन्स खरिद गर्ने उधेश्यका साथ कार्यक्रम आयाेजना गर्न लागिएको बताए । सामाजिक उत्तरदायित्वकाे भावनालाई अङ्गिकार गर्दै आर्थिक हिसाब पछाडि परेका व्यक्तिहरूलाई एम्बुलेन्स खरिद गरि सहयोग गर्न क्लबले कार्यक्रम आयाेजना गर्न लागेको बताए । तानसेनकाे टुडिखेलमा सञ्चालन हुने एक दिने च्यारिटि म्युजिक फिस्टामा हाेटलहरूकाे स्टल राखिएको बताए । कार्यक्रममा सहभागी हुन टिकट दर २ सय ५० रूपैयाँ रहने आयाेजकले जनाएका छन । टिकट शुल्क केही धेरै भए पनि उक्त रकम एम्बुलेन्स खरिद गर्ने परियाेजनमा खर्च गरिने छ ।








































Comments