आगलागी पीडितको घरमा राहत सामाग्री लिएर पुगे ।; तानसेनका नगर प्रमुख श्रेष्ठ

पाल्पा  – पाल्पाकाे तानसेन नगरपालिका वडा नम्बर ११ काे मतिन्डाँडामा भएको आगलागी पीडितको घरमा राहत सामग्री लिएर मेयर सन्तोष लाल श्रेष्ठ पुगेका छन ।

 

बैशाख १७ गते जङ्गलमा लागेकाे डढेलाे एक्कासी आई तानसेन ११ मतिन्डाँडा निवासी गंगा विककाे गाेठ पुर्ण रूपमा जलेर नष्ट भएको छ । रिब्दीकाेट वडा न ८ फेक घर भएका हाल मतिन्डाँडा बस्दै आएका विककाे परिवार गाेठमा बस्दै आएका थिए । जङ्गलबाट लागेकाे डढेलाे एक्कासि गाेठमा लाग्दा ठुलाे नाेक्सानी भएको विकले बताइन । 

 

यसै बिच तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ पीडित परिवारकाे घट्ना स्थलमै पुगी स्थलगत निरीक्षण गरेका छन । मेयर श्रेष्ठले दुखद घडीमा सहानुभूति प्रकट गर्दै पीडितलाई परिवारलाई तत्कालकाे लागि आवश्यक खाधान्न, लत्ताकपडा लगाएतका सामाग्री सहयोग गरेको बताए । जिल्लामा धेरै स्थानमा दैनिक डढेलाेकाे घटना घटिरहेको छ । यसबाट तानसेन नगरपालिका पनि अछुतो रहन सकेको छैन । सबै जना सचेत हुन,संम्यम हुन मेयर श्रेष्ठले अनुराेध गर्नु भएको छ । नगरपालिकाले तत्कालीन पीडित परिवारलाई चिसोबाट बच्न, बस्न, खानाको लागि नगरपालिकाको तर्फबाट सकेको सहयोग गरेको मेयर श्रेष्ठले बताए । 

 

घटनामा मेयर सँगै तानसेन नगरपालिका वडा न ११ का वडा अध्यक्ष एवम नगर प्रवक्ता यादब सिङ कार्की,नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आर्चाय,नगरपालिकाका प्रेस सल्लाहकार मुक्ति न्याैपाने पुग्नु भएको थियाे ।

 

Comments