तानसेन नगरपालिकाद्वारा अर्गलीमा सार्वजनिक सुनुवाइ सम्पन्न, नागरिकका माग र गुनासोमा प्रत्यक्ष संवाद

तानसेन– पाल्पाको तानसेन नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक समीक्षासँगै सेवा प्रवाहका विषयमा प्रत्यक्ष संवाद र नागरिक अभिमत संकलन गर्ने उद्देश्यले तानसेन नगरपालिका–१४ अर्गलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले ग्रामीण वडाका नागरिकलाई सरोकारका विषयमा बोल्न र नगर सरकारसँग प्रत्यक्षरूपमा समस्या राख्न सहज वातावरण उपलब्ध गराउन नियमित रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ । शनिबार सम्पन्न कार्यक्रममा नगर प्रमुख सन्तोष लाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा सिंजाली, निमित्त प्रमुख प्रशासनिक अधिकृत दुर्गा थापा, वडा नं. १४ का वडा अध्यक्ष शोभाकर भट्टराई, प्रशासन शाखा प्रमुख भरत आचार्यसहित नगरपालिकाका विभिन्न शाखा प्रमुखहरू र स्थानीय नागरिकको सक्रिय सहभागिता रहेको थियो ।

 

कार्यक्रममा विभिन्न सेवा प्रवाहका समस्या, जनगुनासो, विकास योजनाको कार्यान्वयन अवस्था तथा आगामी दिनमा आवश्यक पर्ने प्राथमिकताका विषयमा विस्तृत छलफल गरिएको थियो । स्थानीय नागरिकहरूले शिक्षा, सडक, खानेपानी, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, कृषि सहुलियत तथा योजना पारदर्शिताबारे प्रश्न राखेका थिए । नागरिकले उठाएका प्रश्न र गुनासाेमा सम्बन्धित अधिकारीहरूले प्रत्यक्ष जवाफ दिँदै समस्या समाधानका प्रक्रिया र आगामी योजना सार्वजनिक गरिएको थियो  

 

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सन्तोष लाल श्रेष्ठले स्थानीय सरकार नागरिककै अधिकार र सेवाका लागि हो भन्ने बताउँदै त्यसको व्यवहारिक कार्यान्वयनमा सबै पक्ष गंभीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाले जनतासँग प्रत्यक्ष संवाद नगरी विकासको गति बढाउन नसकिने र  जनताले दिएको सुझावआलोचना  मार्गदर्शन नै नगर विकारका लागि नीति निर्माणको आधार हुने बताउनुभयो । नगरको सेवाप्रवाहमा कमजोरी देखिए सुधार गर्नबाट नगर सरकार कहिल्यै पछाडि नहट्ने बताउनुभयो । 

 

त्यसैगरी उपप्रमुख प्रतिक्षा सिँजालीले स्थानीय तहको योजनामा लैंगिक समावेशीकरण, सामाजिक न्याय र पारदर्शितालाई महत्वपूर्ण प्राथमिकतासँग अघि बढाइने बताउनुभयो । उहाले महिलादलितअपांगता भएका व्यक्तिहरूवृद्धवृद्धा तथा पिछडिएका समुदायको पहुँचमा आधारित विकास गर्दै सामाजिकउत्तरदायित्व पूरा गर्नु नगर सरकारको जिम्मेवारी रहेको बताउनुभयो । नागरिकले उठाएका मागहरूलाई योजनामा समावेश गरी व्यवहारिकरूपमा लागू गर्ने हाम्रो प्रतिवद्धता व्यक्त गर्नुभयो  । निमित्त प्रमुख प्रशासनिक अधिकृत दुर्गा थापाले सेवा प्रवाहमा आउने प्रशासनिक चुनौती समाधान गर्न प्रशासनिक प्रक्रिया छिटो पारिने बताउनुभयो । उहाले नगरपालिकाले एकद्वार प्रणालीलाई अझ सुदृढ बनाउँदै आवश्यककागजातप्रमाणपत्रसामाजिक सुरक्षा भत्ता लगायतका कार्यलाई समयसीमा भित्रै सम्पन्न गराउने नीति अघि सारेको बताउनुभयो । 

 

तानसेन वडा न. १४ का वडा अध्यक्ष शोभाकर भट्टराईले अर्गली क्षेत्रको आवश्यकताका आधारमा आधारभूत पूर्वाधार, सडक मर्मत, खानेपानीको समस्या, विद्यालयको भौतिक संरचना सुधार तथा सामुदायिक भवन निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाले स्थानीयको सक्रिय सहभागिताबिना योजना सफल नहुने र  नागरिकले दिएको सुझाबलाई व्यवहारमा रूपान्तरण गर्दै विकासलाईपरिणाममुखी बनाउने लक्ष्य रहेको बताउनुभयो । 

 

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिक मधु भट्टराई, पशुपति शर्मा, गीता भुषाल, कोपिल पाण्डे, बेनि माधव गैरे, नारायण प्रसाद नेपाल लगायतले सडक विस्तार र मर्मत, विद्यालयमा शिक्षक अभाव, विधुत,खानेपानीको अनियमितता, बाटाे,कृषि मलबीउ उपलब्धतामा समस्या, सामाजिक सुरक्षामा पारदर्शिता, असहाय र विपन्न परिवारको पहिचान लगायतका मुद्दामाथि प्रश्न राखेका थिए । नागरिकको टिप्पणी र गुनासो सुनेपछि सरोकारवाला शाखा प्रमुखहरूले उठाइएका मागहरूको अवस्थाबारे विवरण प्रस्तुत गर्दै तत्काल समाधान योग्य विषयलाई प्राथमिकताका साथ अघि बढाइने र दीर्घकालीन परियोजनाका लागि योजना प्रक्रियामा समावेश गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । 

Comments