प्याब्सन पाल्पाको आयोजनामा नेपाली विषय शिक्षणसम्बन्धी एकदिने अन्तर्क्रिया
पाल्पा — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), पाल्पाको आयोजनामा एकदिने नेपाली विषय शिक्षण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले शिक्षक कक्षामा प्रवेश गर्दा आवश्यक तयारीसहित जानु अत्यन्त जरुरी रहेको बताउनुभयाे । उहाँले सिकाइलाई प्रभावकारी बनाउन शिक्षकको भूमिका निर्णायक हुने उल्लेख गर्दै त्यसका लागि शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु प्याब्सनको अनुकरणीय कदम भएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सहजकर्ताका रूपमा प्राध्यापक डा. राम प्रसाद ज्ञवाली र डा. देवी नेपाल रहनुभएको थियो। उहाँहरूले कक्षा शिक्षण कसरी प्रभावकारी बनाउने, पाठलाई रोचक ढंगले प्रस्तुत गर्ने र नेपाली विषयलाई विद्यार्थीमैत्री कसरी बनाउने भन्ने विषयमा सहभागीहरूसँग अन्तर्क्रिया गराउनुभएको थियो ।
कार्यक्रममा सहभागीहरूको तर्फबाट प्रेमराज खरालले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता प्याब्सन पाल्पाका अध्यक्ष डासुराम पन्तले गर्नुभएको थियो । शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नेपाली विषय शिक्षणलाई अझ प्रभावकारी र विद्यार्थीमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








































Comments