पाल्पाको रिब्दीकोटमा माघ २२ गतेदेखि फागुन ३ सम्म महायज्ञ हुने

पाल्पा । रिब्दीकोट गाउँपालिका वडा न. ५ स्थित ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल श्री जलेश्वर मन्दिरको विकास र प्रवद्र्धनका लागि बृहत् ’महा शिव पुराण’ महायज्ञ आयोजना गरिने भएको छ ।रिब्दीकोट जलेश्वर पर्यटन क्षेत्र विकास समितिको आयोजना तथा रिब्दीकोट गाउँपालिकाको सहजीकरणमा ११ दिने उक्त महायज्ञ सञ्चालन गर्नका लागि तयारी समितिहरू गठन गरिएको छ ।समितिका अध्यक्ष वेणिमाधब आचार्यको अध्यक्षतामा सम्पन्न बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रमले २०८२ माघ २२ गते देखि फागुन ३ गते सम्म महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले यो पुण्य कार्यलाई सफल पार्न सम्पूर्ण सम्बन्धित पक्षहरूलाई आ–आफ्नो स्थानबाट सक्रिय सहयोग गर्नुपर्ने बताए । विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य भिमलाल भट्टराईले धार्मिक आस्थाको केन्द्र यो क्षेत्रलाई महायज्ञ गरी प्रचारप्रसार गर्नुपर्ने बताए ।मन्दिरको प्राङ्गणमा आयोजित यस भेलामा वडा न. ५, ६, ७ र ८ का जनप्रतिनिधिहरू, मन्दिर व्यवस्थापन समितिका सदस्यहरू, पालिकाभित्रका राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी र धार्मिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । छलफलले महायज्ञ सफल पार्न मुख्य समितिहरू गठन गरिएको छ ।मितिको महायज्ञ मूल आयोजक समितीको संयोजक वेणिमाधब आचार्य, सल्लाहकार उप–समितीको संयोजकमा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, प्रचारप्रसार उप–समिती संयोजकमा शिव कुवँर, सरसफाइ उप–समिती संयोजकमा केहर सिंह कुवँर रहेको समिति गठन भएको हो । अन्य आवश्यक उप–समितिहरू अर्को बैठक बसी छिट्टै गठन गर्ने जानकारी पनि दिइएको छ ।

Comments