मणिमुकुन्द सहकारीको विविध कार्यक्रम गर्दै रजत महोत्सव एवं साधारणसभा सम्पन्न
पाल्पा २२ कार्तिक
मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाले रजत महोत्सव एवं २४ औ बार्षिक साधारणसभा गरेको छ । २०५८ साल चैत्र ८ गते ३० जना सस्थापक शेयर सदस्यबाट शुरु भएको मणिमुकुन्द सहकारी संस्थाले २५ बर्षबर्षको अवशरमा रजत महोत्सव मनाएको हो । सहकारीले रजत महोत्सवको अवशरमा साता व्यापी कार्यक्रम गरी २४ औ साधारणसभा गरेको छ ।
सहकारीले तानसेन हुदै मुक्तिनाथ जाने धार्मिक पर्यटकहरुलाई लक्षित गरेर तानसेन देखी मुक्तिनाथ सम्मका विभिन्न तिर्थस्थलहरुको दुरी सहितको जानकारीमुलक होडिङ्ग बोर्ड बर्तुङ्ग चोकमा राखेको छ । यसै गरी सहकारीले निलसागरमा रहेका जेष्ठ नागरिक, अपाङ्गहरुलाई भोजनदान, सहकारी सम्वन्धी वक्तृत्वकला गरेको छ भने पाल्पा सिविआरमा रहेका अपाङ्ग वालवालिकाको लागी २५ हजार रुपैया, भगवती मन्दिर गुठी व्यबस्थापन समितीलाई १० हजार रुपैया नगद सहयोग गरेको छ भने भगवती मन्दिर परिसरमा सरसफाई गरेको छ ।
रजत महोत्सवको अवशरमा सहकारीले शेयर सदस्यका घरपरिवारका २५ जना जेष्ठ नागरिकहरुलाई दोषल्ला ओढाएर नगद र उपहार सहित सम्मान गरेको छ । साधारणसभामा उत्कृष्ट कारोवारीमा सन्तुदेवी श्रेष्ठ, महेन्द्रमान राजलवट, शिव बस्याल, उत्कृष्ट बचतकर्तामा राम प्रसाद पन्थी, विनित श्रेष्ठ र विजया महर्जन सम्मानित भएका छन । संस्थाले मरणोपरन्ता सहकारीका संस्थापक शेयर सदस्य सुरेन्दमुनी शाक्यलाई सम्मान गरेको छ । संस्थाले रजत महोत्सवको अवशरमा कर्मचारी, सस्थापक शेयर सदस्य, बर्तमान कार्यसमिती, लेखा समिती, ऋण समितीका सदस्यहरुलाई पनि सम्मान गरेको छ ।
सहकारीले आफ्ना शेयर सदस्यहरुको हितमा केन्द्रित गरेर आफ्ना गतिविधीहरु संचालन गर्दै आएको छ । सहकारीमा आवद्ध शेयर सदस्यहरु मध्ये बाट जेष्ठ सदस्य तथा एकल महिलालाई बार्षिक १ हजार २ सय रुपैया भत्ता, सुत्केरी महिलालाई ५ हजार पोषण खर्च र शेयर सदस्यको मृत्युमा १० हजार घाट खर्च सहयोग गर्दै आएको छ । सहकारीले प्रत्येक बर्ष जेष्ठ नागरिकहरुलाई देश दर्शन सहितको भ्रमण, शेयर सदस्यहरुलाई विभिन्न सहकारीको अवलोकन भ्रमण, नियमित रुपमा शेयर शिक्षा संचालन गर्दै आएको छ । शेयर सदस्यहरुको २ लाख बराबरको दुर्घटना विमा समेत सहकारीले गरेको छ ।
२ लाख ५० हजार रुपैया बाट शुरु भएको सहकारीको शेयर पुजी हाल सम्म ३ करोड १३ लाख ६३ हजार रुपैया पुगेको छ । गत आर्थिक बर्षमा संस्थाले ३९ करोड रुपैया बचत संकलन गरेको छ भने संस्थाले २५ करोड २९ लाख रुपैया ऋण लगानी गरेको छ । गत बर्षमा २५ करोड ९५ लाख रुपैया ऋण असुली गरेको छ । सहकारीले ३ बर्षको अवधी अन्तरगत आ.व. ०७९÷०८० मा २३ लाख ८७ हजार, आ.व. ०८०÷०८१ मा ४५ लाख ६८ हजार र आ.व. ०८१÷०८२ मा २५ लाख ८७ हजार खुद मुनाफा गरेको छ । संस्थाले विगत केही बर्षदेखी आफ्नै भवन बाट कारोवार गर्दै आएको छ । सस्थामा हाल २ हजार ६ सय शेयर सदस्यहरुले कारोवार गर्दै आएका छन ।
रजत महोत्सव तथा साधारणसभामा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मणिमुकुन्द सहकारीले शेयर सदस्यको हितमा केन्द्रित रहेर काम गरेको बताए । नगरभित्र ५४ वटा विभिन्न प्रकृतिका कारोवार गर्ने सहकारी रहेकोले पालिकाले नियमित रुपमा अनुगमन गर्दै आएको नगर प्रमुख श्रेष्ठले बताए । साधारणसभामा सहकारीका सस्थापक अध्यक्ष हेमन्तराज शाक्य, लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरी रायमाझी लगायतले सहकारीका काम कर्तव्य, अधिकारका बारेमा चर्चा गरेका थिए ।
साधारणसभामा संस्थाका अध्यक्ष मधु दयाल सैजुले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले शेयर सदस्यहरुको हितमा केन्द्रित रहेर काम गर्दै आएको र आगामी दिनमा पनि सोही रणनिती बनाएर काम गर्ने बताए । सस्थाले १० हजार रुपैयाका दरले नयाँ शेयर सदस्यको आवेदन समेत खुलाएको अध्यक्ष वैजुले बताए । कार्यक्रम सचिव संजयराज शाक्यले बर्षभरीका सस्थागत योजना तथा कार्यक्रम कोषाध्यक्ष ज्ञानु कार्की आर्थिक गतिविधी प्रस्तुत गरेका थिए । सस्थाका अध्यक्ष मधुदयाल सैजुको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष शुसिल प्रधानको स्वागत र सचिव संजयराज शाक्यको संचालन र कार्य समिती सदस्य सुवर्णमुनी शाक्यले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा शेयर सदस्य बुद्धरत्न शाक्यले स्वागत गीत प्रस्तुत गरेका थिए ।








































Comments