जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता जनता मावी प्रथम !
कृष्ण पोखरेल
पाल्पा २७ मंसिर
जनता माध्यमिक विधालय तानसेन पाल्पाले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट जवाफ दिदै जिल्ला प्रथम भएको छ । देववाणी सस्कृत तथा साधारण मावि तानसेन पाल्पको ७३ औ बार्षिककोत्सव तथा अभिभावक दिवसको अवसमा आयोजित जिल्ला स्तरीय माध्यमिक तह हाजिरी जवाफ प्रतियोगितामा जनता विधालय प्रथम भएको हो ।
जनता विधालयका सुरज डागी, संमृद्धि कुँवरको टोली प्रतियोगितामा जिल्ला प्रथम भएको हो । हाजिरी जवाफ विजेता जनता माविले नगद ५ हजार सहित, प्रमाणपत्र मेडल, रनिङ शिल्ड, ट्रफि पुरस्कार हात पारेको छ । जनता माविले गत बर्ष पनि देववाणी हाजिरी जवाफ रनिङ शिल्ड जितेको थियो । गत बर्ष देखी शुरु गरेको हाजिरी जवाफ रनिङ शिल्ड प्रतियोगिता ३ बर्ष सम्म लगातार जित्ने रनिङ शिल्ड आफै राख्न पाउने व्यबस्था रहेको छ ।
यसैगरी प्रतियोगितामा सेन मावि दोस्रो भएको छ । सेन माविले नगद ४ हजार सहित प्रमाणपत्र मेडल पुरस्कार पाएको छ भने न्यू होराईन मावि तेस्रो भई नगद ३ हजार, प्रमाणपत्र र मेडल पाएको देववाणी माविका िशिक्षक एवं हाजिरी जवाफ प्रतियोगिताका संयोजक कृष्ण पाण्डेले जानकारी दिए । प्रतियोगितामा जिल्ला भरीका १४ विधालयहरु सहभागी भएका थिए । जसमा ६ वटा विधालयहरु फाईनल राउण्डमा प्रवेश गरेका थिए ।
जनता माविले केहि दिन अघि मात्र पोलस्टार विजडम स्कुलले आयोजना गरेको नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा नगर प्रथम, न्यू होराईन मावि बुटवलले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रदेश प्रथम र देववाणी माविले आयोजना गरेको जिल्ला स्तरीय प्रतियोगितामा जिल्ला प्रगम भई लगातार प्रदेश, जिल्ला र नगरमा गरी तीनवटै हाजिर जवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गरी सुरज डागी र संमृद्धि कुवँरको समुहले विधालयको छवि, इज्जतलाई माथी पुर्याउने काम गरेको विधालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेले बताए । यस गरी हालै सम्पन्न तानसेन नगर स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि जनता मावि तानसेनले १८ स्वर्ण, ५ रजत र ६ कास्य गरी २९ वटा पदक जिती प्रथम स्थान हासिल गरेको थियो ।








































Comments