तानसेनमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगीताको उपाधी वार्ड नम्बर १ ‘ए‘लाई
पाल्पा-तानसेनमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगीताको उपाधी वार्ड नम्बर १ ‘ए‘ ले जितेको छ । आज भएको फाइनल खेलमा वार्ड नम्बर १ ‘ए‘ले वार्ड नम्बर ९ लाई ८ बिकेटले पराजित गर्दै उपाधी जितेको हो ।
जित संगै वार्ड नम्बर १ ‘ए‘ ले नगद ६० हजार, ट्रफी प्राप्त गरेकाे छ भने वार्ड नम्बर ९ का उपबिजेता हुदै ३० हजार प्राप्त गरेकाे छ । फाइन खेलमा पहिले ब्याटिङ्ग गरेको वार्ड नम्बर ९ ले निधारित २० ओभरको खेलमा १९ दशमलभ ४ ओभरमा सबै बिकेट गुमाउदै ८१ रन मात्र बनाएको थियो । उसका लागि गोपाल तिमिल्सेनाले २४ रन बनाए भने, भुवन पाण्डेले १८ रनको योगदान गरे । बलिङ्ग तर्फ वार्ड नम्बर १ ‘ए‘ का अर्पन अर्याल र रुपेश बस्यालले समान ३/३ विकेट लिए ।
८२ रनको बिजयी लक्ष्य सहित मैदान उत्रिएको वार्ड नम्बर १ ‘ए‘ ले सुरुवात राम्रो गर्न नसकेपनि रुपेश बस्याल र बिशाल दर्नालले उत्कृष्ट साझेदारी गर्दै टिमलाई बिजयी बनाए । रुपेशले नटआउट ३१ रन र बिशालले नटआउट ४३ रनको योगदान दिए । वार्ड नम्बर ९ का भुवन पाण्डे २ विकेट प्राप्त गरे । वार्ड नम्बर १ ‘ए‘ले निर्धारित २० ओभरको खेलमा १५ दशमलभ ४ ओभरमा जित हात पारेको हो ।








































Comments