रैनादेबी छहरा सुपादेउराली मन्दिरकाे प्रथम वार्षिकोत्सब सम्पन्न

पश्चिमी पाल्पाको रैनादेबी छहरा गाउँपालिका वडा न.४  महिपोखरा स्थित सुपादेउराली मन्दिरको पहिलो वार्षिकोत्सब भब्यताका साथ सम्पन्न भएको छ । 

 

कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नल बहादुर राना मगरकाे अध्यक्षतामा सम्पन्न भएको हाे । कार्यक्रमकाे शुभारम्भ रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले उद्घाटन गर्नुभएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका भट्टराईले सुपादेउराली मन्दिर स्थापनाले पश्चिम पाल्पाकाे पर्यटन प्रवर्द्वन गर्न सहयोग पुग्ने बताउनुभयो । गाउँपालिकाले पालिका भित्रका धार्मिक स्थलहरूकाे पहिचान गरि ती पर्यटकीय स्थलकाे प्रचार प्रसार गरि पुर्वाधारले जाेड्ने प्रयास गरिएको बताउनुभयो । सुपा देउराली मन्दिरकाे संरक्षण र प्रचार प्रसार एवम पर्यटकिय गन्तव्य स्थलकाे रूपमा विकास गर्न गाउँपालिकाले डिपिआर बनाएर अगाडि बढ्ने बताउनुभयो । 

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष युवराज थापा,गाउँपालिकाका प्रवक्ता देब्रेन्द्र पुन,वडा न ४ का वडा अध्यक्ष गाेविन्द रायमाझी,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सिना,लेखा अधिकृत लिला मनि बस्याल,स्थापना कालका गुरु देब बहादुर नेपाली लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रम मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष टेक राज पाेखरेलकाे स्वागत,सचिव तेज बहादुर रानाकाे सञ्चालनमा सम्पन्न भएको थियाे । कार्यक्रममा करिब ४ हजार भक्तजनकाे उपस्थिति रहेको थियो । कार्यक्रममा रूपैयाँ १ हजार भन्दा धेरै सहयोग गर्ने दाताहरूलाइ सम्मान गरिएको थियाे । 

Comments