नेपाली जनसम्पर्क समिति मध्य भारत क्षेत्रकाे अध्यक्षमा दामोदर वेल्वासे

नेपाली जनसम्पर्क समिति मध्य भारत क्षेत्र,भाेपालकाे ११ औँ अधिवेशनबाट अध्यक्षमा दामोदर वेल्वासे निर्विरोध निर्वाचित हुनु भएको छ । रूपन्देहीकाे बुटवल मणिपथ घर भएका वेल्वासे अपेप्स  बैक मध्ये प्रदेशमा कार्यरत हुनुहुन्छ । उहाँ सन २०२४/२०२८ सम्मका लागि निर्वाचित हुनुभएको हाे । मध्य भारत क्षेत्र भाेपालमा हाल नेपालका ७७ जिल्ला नागरिक बसाेबास गर्दै आएका छन । 

 

नेपाली जनसम्पर्क समितिकाे जन नायक एवम नेपाली काङ्ग्रेसका सस्थापक विपि काेइरालाले सन १९७६ जुन १३ मा गठन गर्नु भएको थियाे । समिति नेपाली काङ्ग्रेस भातृ संगठन रहेको छ । समितिकाे बन्द सत्रकाे कार्यक्रम नेपाली जनसम्पर्क समितिका २०१८ / २०२४ अध्यक्ष लाेक मणि घिमिरेकाे अध्यक्षतामा भएको थियाे । अध्यक्ष घिमिरेले समितिकाे अध्यक्ष निर्वाचित भए पनि समितिकाे अन्य विभागलाई पुर्णता एक हप्ता भित्र दिइने बताउनुभयो ।    

 

समितिकाे ११ औँ अधिवेशनकाे समुद्घघाटन समाराेहलाई माननीय सांसद प्रदिप पाैडेल,नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ,समितिका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले सम्बाेधन गर्दै हुनुहुन्छ । कार्यक्रममा गायिका राधिका हमाल,गायक कुशल वेल्वासे,पुरूषाेत्तम गैरे लगाएका कलाकारकाे प्रस्तुति रहने समितिले जनाएका छन । 

 

निर्वाचित अध्यक्ष वेल्वासेले आगामी दिनमा समितिलाई अझ  एक ढिक्का बनाउने,भारतमा रहेका नेपाली नागरिकहरूकाे हक हित र अधिकारका लागि सशक्त रूपमा आवाज बुलन्द गर्ने बताउनुभयो ।

Comments