नेपाली जनसम्पर्क समिति मध्य भारत क्षेत्र,भाेपालकाे ११ औँ अधिवेशन सम्पन्न
नेपाली जनसम्पर्क समिति मध्य भारत क्षेत्र,भाेपालकाे ११ औँ अधिवेशन सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति मध्य भारत क्षेत्रका निवर्तमान अध्यक्ष लाेक मणि घिमिरेकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि प्रखर वक्ता एवम प्रतिनिधिसभा सदस्य प्रदिप पाैडेलकाे प्रमुख अतिथित्यता रहेको थियाे । कार्यक्रममा विशिष्ट अतिथि नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ,भारतीय जनता पाटी प्रदेश कार्यालयका मन्त्री राघवेंद्र शर्मा,भाेपाल दक्षिण पश्चिम क्षेत्रका विधायक माननीय भगवानदास सवनानी,भारतीय काङ्ग्रेस प्रदेश अध्यक्ष माननीय जीतु पटवारी,नेपाल वितिय सस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकका निवर्तमान अध्यक्ष एंव नेजस मध्य भारत क्षेत्रका पुर्व महासचिव गगन सिंह घिमिरे,नेजस भारतकाे उपाध्यक्ष लिलामणी पाण्डेय,नेजस भारतकाे महामन्त्री जगन्नाथ पाण्डेय,संगठन सचिव यमलाल घिमिरे,केन्द्रीय सदस्य एवं नेपाल काङ्ग्रेसका महाधिवेशन महासमिति सदस्य डाेलराज गैरे,नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्यहरू दामोदर बेल्वासे,रामनाथ अधिकारी,घनश्याम पाण्डेय,एकराज बस्याल,सुमित्रा थापा,क्षेत्रीय उपाध्यक्ष देवीकला न्याैपाने,महिला समिति अध्यक्ष इन्दिरा तिमिल्सिना,पशुपतिनाथ नेपाली समाज गाेविन्दुरा,भाेपालका अध्यक्ष विष्णु प्रसाद शर्मा,प्रवासी नेपाली संघ मध्य प्रदेशका छत्तीस गढका अध्यक्ष सुरज लुइँटेल,मुल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य प्रदेश भाेपालका अध्यक्ष रमेश राना,प्रवासी नेपाली एकता मंच मध्य प्रदेश भाेपाल अध्यक्ष नगेन्द्र ढकाल,विभिन्न सञ्चारकर्मी स्थानीय उधोगी ब्यबसायी, स्थानिय राजनीतिज्ञ प्रतिनिधिहरु लगायतको गरिमामय सहभागितामा सु-सम्पन्न भएको छ।
११ औं अधिबेशनबाट दामाेदर वेल्वासे अध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि पाैडेलले पौडेलले उक्त अधिवेशनलाई सम्बोधन गर्नु भएको थियो । सम्बोधनको क्रममा भारतमा बस्ने प्रवासीहरूको समस्याहरूको समाधानको लागि सरकारसंग छलफल गर्ने तथा समस्या समाधानमा पहलगर्ने जानकारी गराउनु भएको थियो । वहांले मध्य प्रदेषमा अत्यधिक संख्यामा नेपालीहरूको बसोवास रहको हुदां 20 हजार भन्दा बढी नेपाली बसोवास गर्ने स्थानमा राजदुतावासको ईकाई स्थापना गर्न नेपाल सरकारसंग पहल गर्ने बताउनु भयो । वहांले सम्बोधनको क्रममा मध्य भारतमा रहेका अन्य संघ सगठनहरूलाई पनि राजनितिलाई पर राखि प्रवासी नेपालीहरूको समस्यामा एकजुट भई कार्य गर्न पनि आह्वान गर्नु भएको थियो । आफ्ना समस्याहरूको पहिचान गरी ती समस्याहरूलाई जानकारी गराउन र ती समस्याहरूको समाधानमा प्राथकिताको आधारमा समाधानको लागि पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो ।
हिन्दु धर्म हाम्रो सस्कृति,परम्परा रहेकाे बताउदै राजनीति बिषय बन्नु नहुने बताउनुभयो । नेपालका पशुपति नाथ,मुक्तिनाथ,लुम्बिनी जस्ता धार्मिक पर्यटनकिय स्थलकाे प्रचार प्रसारसँगै माैलिकता सस्कृतिकाे संरक्षण पर्यटकिय हिसाबले जाेड्न आवश्यक रहेको बताउनुभयो । उहाले नेपालले भारतलाई बिजुली बेच्ने कुरा स्पष्ट हुनुपर्छ । नेपाल बनाउने बिषयमा सबै नेपाली एक हुन आवश्यक छ । नेपालमा लगानी मैत्री बाताबरण बनाउनुपर्ने छ । विदेशमा रहेका नेपालीहरूलाई स्वदेशमा खुकुलो कानुनी बनाइ सुशासनकाे माध्यमबाट लगानी गर्ने बाताबरण निर्माण गर्न सरकार ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले भारत र नेपाललाई धार्मिक पर्यटनकाे रूपमा जाेड्नु पर्ने बताउनुभयो । नेपालमा पशुपति नाथ,मुक्तिनाथ,लुम्बिनी लगाएतका स्थलहरूलाई धार्मिक पर्यटकिय स्थलकाे रूपमा जाेडी नेपाल र भारतलाई धार्मिक पर्यटकिय स्थलकाे रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । अब सहमति ,सहकार्य र एकताले नै देशको प्रगति हुने धारणा व्यक्त गर्नुभयाे । राष्ट्रिय सहमतिका लागि आफूले विगतदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै समग्र पाल्पा जिल्लाबाट विकास सन्दर्भमा जिल्लाका कृयाशिल राजनीति दलहरू एक भइ लाग्ने पद्वतिकाे शुरूवात गरिएको बताउनुभयो । हिजाे प्रजातन्त्रका लागि सबै राजनीति दलहरू एक ठाउमा उभिने त्यसपछि अरू कामका लाई आपसमा मतभेद हुने कुराकाे अनत्यकाे लागि अब सबै राजनीतिहरू विकासका लागि एक ठाउँमा उभिने परिपाटीकाे शुरूवात गरिएको बताउनुभयो । लुम्बिनी प्रदेश स्थित पाल्पा जिल्लाका भगवती मन्दिर,भैरवस्थान मन्दिर,रानीमहल,रम्भादेबी जस्ता धार्मिक स्थलहरूकाे प्रचार प्रसार गरि धार्मिक पर्यटकिय स्थलकाे रूपमा जाेडी पर्यटन प्रवर्द्वन गर्न सकिने बताउनुभयो ।








































Comments