तानसेन होलाङ्गदीको कृषि उपज थोक बजार सङ्कलन केन्द्र समुद्घाटन,सफा र स्वास्थ्यबर्दक तरकारी पाइने!!
पाल्पा-पाल्पाको तानसेन नगरपालिका वडा न ३ होलाङ्गदीमा रहेको मिलनसार कृषि उपज थोक बजार संकलन केन्द्र समुद्घाटन भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले संकलन केन्द्रको उद्घाटन गर्नु भएको हो । संकलन केन्द्रले विभिन्न नगर र पालिकाका समुह तथा सहकारीमा आवद्व कृषकहरूलाई प्रविधि तथा प्राविधिक सहयोग मार्फत मागमा आधारित कृषि उपजहरूको उत्पादन तथा उत्पादकत्व वृद्धिमा सामुहिक बजारीकरणको अभ्यास मार्फत थोक बजार सञ्चालन गर्ने,सहकारी र समुहको पहुच वृद्धि गरि कृषि उपजहरूको मुल्यवृद्धिका लागि प्याकेजिङ्ग,ग्रेडिङ्ग र प्रशोधन गरि बजार क्षेत्रहरूमा निर्यात गर्न,किसानहरूले उत्पादन गरेको कृषि उपचहरूको उचित मुल्य निर्धारणको सुनिश्चितता गर्न,किसान मैत्री र उपभोक्ता मैत्री वातावरण सिर्जना गरि थोक बजारको प्रभावकारी सञ्चालनका लागि स्थानीय सरकार,दातृ सस्था,सहयोगी निकाय र सरोकारवाला निकाय तथा निजि क्षेत्रसँग समन्वय गर्ने हेतुका साथ थोक बजार केन्द्रको निर्माण गरिएको हो ।
थोक बजार संकलन केन्द्र निर्माण कुल २ करोड ३२ लाख ७४ हजार १ सय ६३ रूपैयाँ लागतमा निर्माण भएको छ । जस्मा तानसेन नगरपालिकाले ४१ लाख २३ हजार ६ सय ९८ रूपैयाँ,हेफर इन्टरनेशनल नेपाल र रेडाबाट कुल ८५ लाख,लुम्बिनी प्रदेश भुमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट ८ लाख १३ हजार ७ सय २४ रूपैयाँ र मिलनसार महिला उधमी सहकारी सस्थाबाट ५२ लाख बजेटमा निर्माण कार्य सम्पन्न भएको हो । संकलन केन्द्रमा हाल चिस्यान केन्द्र निर्माण गरिएको छ । जस्मा ६ टन भण्डार गर्न सकिन्छ भने कृषि उपज धुने अत्याधुनिक मेसिनको जडान गरिएको छ । जसले दैनिक रूपमा ६ टन सम्म धुने सक्ने क्षमता रहेको छ ।
मिलनसार सामाजिक उधमी महिला सहकारीका अध्यक्ष कमला भण्डारीले सहकारी मुल भवन पाल्पाको सदरमुकाम तानसेनबाट झण्डै १० किलो मिटरको दुरीमा तानसेन वडा न १३ मा रहेको बताउनुभयो । वि स २०६४ सालमा स्थापना भएको सहकारी शुरूवातमा नेपाल रेडक्रस सोसाइटी र हेफर इन्टरनेशनको साझेदारीमा कुल १०५ घरधुरी परिवार ५ वटा मुल समुह बनाई सञ्चालन गरिएको बताउनुभयो । हाल सहकारीमा ६ सय ३० जना शेयर सदस्य छन भने २५ वडा समुह आवद्व रहेका छन । सहकारीले २०७५ साल देखि हेफर इन्टरनेशनल नेपाल ,रेडा र तानसेन नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा पशुबस्तुको मूल्य श्रङ्खलामा आधारित साना किसानहरूको सस्था सवलीकरण,परियोजनाको माध्यमबाट सहकारीको सस्थागत विकास गरि सहकारी आवद्व सदस्यहरूले उत्पादन गरेका खसी,बोका,तरकारी,दुध डेरी सञ्चालन गर्नका लागि आवश्यक औजार र सामाग्रीको व्यवस्थापन गरि व्यवसाय प्रवर्द्वन कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । सहकारीको कुल पुजी ७ करोड ६ लाख ५ हजार ८ सय ८० रूपैयाँ रहेको बताउनुभयो । हाल सहकारीले नश्ल सुधारका लागि बीउ बोका र पाठी विक्री वितरण,रासायनिक मलको वितरण,पशु बिमा कार्यक्रम सञ्चालन,सुधारिएको पशु दाना वितरण,ढुवानी सेवा सञ्चालन र बचत तथा ऋण परिचालन गरिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले सङ्कलन केन्द्र सञ्चालन भए पछि अब तानसेन नगरपालिका लगाएत अन्य पालिकाका कृषकहरूले उत्पादन गरेका कृषि उपजको संकलन,ग्रेडिङ्ग र बिक्री वितरणलाई सहज हुने बताउनुभयो । तानसेन नगरपालिका लगाएत जिल्लाका अन्य पालिकाहरूको अधिकांस भुभागहरू ग्रामीण परिवेश रहेका छन । र त्यहाका नागरिक कृषि तथा पशुपालनमा आधारित रहेकाले यस संकलन केन्द्रले ती कृषकहरूले उत्पादन गरेका कृषि उपजहरूको संकलन र बजारीकरण सहयोग पुग्ने बताउनुभयो ।
संकलन केन्द्रमा हाल अत्याधुनिक मेसिनको जडान गरिएकाले कृषकहरूले उत्पादन गरेका कृषि उपज सिधै बजारमा बिक्री नगरि ती मेसिनहरूको प्रयोगबाट कृषिजन्य सामाग्रीहरूलाई सफाइ गरि ग्रेडिङ्गको माध्यमबाट बजारीकरण गरिनेछ जस्का कारणले तरकारीमा भएका बिषादीहरू सफा हुने र उपभोक्ताले उपयुक्त मुल्य सफा र स्वास्थ्य बर्दक तरकारीको उपभोग गर्ने पाउने छन । भने कृषकहरूहरूले उचित मुल्य पाउने बताउनुभयो । तानसेनको होलाङ्गदीमा सञ्चालनमा आएको संकलन केन्द्रले समग्र तानसेन नगरपालिका मात्र नभइ अन्य पालिकाहरूका कृषि उपजहरूको बजारीकरणमा टेवा पुग्ने बताउनुभयो । सहकारीको सञ्चालनमा,स्वास्थ्य र सफा कृषि उपजको बजारीकरणमा तानसेन नगर सरकारले संकलन केन्द्रसँग सहकार्य गरि अगाडि बढ्ने प्रतिबद्वता जनाउनुभयो ।
हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डाक्टर तिर्थ राज रेग्मीले संकलन केन्द्रले कृषि उपजको संकलन मात्र नभइ संकलन केन्द्रमा जडान भएका अत्याधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट कृषि उपज सफा गर्ने,ग्रेडिङ्ग र प्याकेजिङ्गमा सहयोग गर्ने प्रविधिको जडान गरिएको बताउनुभयो । यस्ले समग्र उपभोक्तालाई सफा र स्वास्थ्य तरकारी उपलब्ध हुनेछ । जस्का कारण उपभोक्ताको स्वास्थ्य पनि राम्रो हुने बताउनुभयो । तानसेनको होलाङ्गदीमा सञ्चालन गरिएको यो परियोजना तानसेन नगरपालिकाले गौरबको योजनाका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । साथै आगामी दिनमा नमुना प्रशोधन केन्द्र बनोस भनी सुभेच्छा प्रकट गर्नुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्कीले परियोजनाले विगतका समय देखि कृषकहरूले उत्पादन गरेको कृषि उपजको बजारीकरण,संकलनमा सहयोग गर्दै आएको बताउदै तानसेन नगरपालिकाले आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । तानसेन नगरपालिकाले मासु र दुधमा अनुदान,तरकारीको बीउ बिजन,कृषि सामाग्री हस्तान्तरण,विना धितो युवाहरूलाई ऋण उपलब्ध गराइ जनताको जीवनस्तरमा वृद्धि गरेको बताउदै आगामी दिनमा नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा पुर्व नगर प्रमुख अशोक कुमार शाही,पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई,पाल्पा व्यापार संघका अध्यक्ष बामदेब बस्याल,उपभोक्ता मन्चका केन्द्रीय सदस्य माधव नेपालले सहकारीले जिल्लामै अत्याधुनिक प्रविधि सहितको संकलन केन्द्र मार्फत तरकारीको संकलन र विक्री वितरण कार्य गर्न लागेकोमा प्रंशसा गर्दै आगामी दिनमा सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले परियोजना तानसेन नगरपालिका,हेफर इन्टरनेशनल र रेडाको सहकार्यमा सञ्चालन गरिएको बताउनुभयो । यस कार्यक्रमको माध्यमबाट कृषकहरूलाई प्रविधि मैत्री बनाई,सीप हस्तान्तरणको माध्यमबाट आर्थिक सवलीकरण गरि जीवनस्तरमा वृद्धि बाट आत्मनिर्भर बनाउन परियोजनाले टेवा पुर्याएको बताउनुभयो । परियोजनाले ग्रामीण भेगमा बाख्रा उपहार,बंगुर उपहार,दुधमा अनुदान,कृषिका बीउ विजन तथा सामाग्रीहरूमा अनुदान,युवा स्वरोजगारका लागि विना धितो ऋण उपलब्ध गराउने कार्यक्रम,प्रविधि हस्तान्तरण लगाएका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
तानसेनको वडा न ३ होलाङ्गदीमा शुरूवात भएको संकलन केन्द्रमा हाल अत्याधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट सफाई,ग्रेडिङ्ग गरिनेछ । जस्का कारण बिषादि मुक्त तरकारी उपलब्धता एवम कृषकहरूले उत्पादन गरेका कृषि उपजको खेर नजाओस भनी ६ टन सम्म राख्न मिल्ने चिस्यान केन्द्र निर्माण गरिएको छ । यसबाट कृषकहरूले उत्पादन गरेका कृषि उपजको बजारीकरण,सँगै उपभोक्तालाई सफा र स्वच्छ तरकारी उपलब्ध हुनेछ साथै कृषकहरूले भने आफुले उत्पादन गरेका कृषि उपजको उचित मुल्य पाउने आशमा रहेका छन ।








































Comments