समुदायमा काँग्रेस अभियान : जुठापाैवाका अग्नि पिडितलाई राहत प्रदान

 पाल्पा : कांग्रेसको सांगठनिक सुदृढीकरणलक्षित ‘समुदायमा कांग्रेस’ अभियान पाल्पा जिल्लामा जारी छ । नेपाली काङ्ग्रेस केन्द्रीय निर्णय बमोजिम काँग्रेसले देशैभर वडा स्तरमा अभियान गरिरहेकाे छ । सोही अनुसार काँग्रेस रैनादेबी छहरा पाल्पाले अग्नि पिडित चन्द्र बहादुर विककाे परिवारलाई खाधान्न सहयोग गरेको हाे । अग्नि पिडित विककाे परिवारलाई नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ,नेपाली काङ्ग्रेस पुर्व क्षेत्रीय सभापति एवम रैनादेबी छहरा गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष राम बहादुर कार्की,नेपाली काङ्ग्रेस रैनादेबी छहरा गाउँपालिकाका सभापति बिष्णु पाेखरेलले घरमा पुगी खाधान्न हस्तान्तरण गर्नु भएको हाे । 

 

 नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौला र कांग्रेस केन्द्रीय सदस्यमा अब्दुल रज्जाक,लुम्बिनी प्रदेश सांसद वीर बहादुर राना,नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ,नेपाली काङ्ग्रेस पाल्पा सभापति हिमाल दत्त श्रेष्ठ,तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ लगाएतकाे उपस्थितिमा तानसेन वडा न ६ काे गन्धर्व टाेल,पश्चिम पाल्पाकै शैक्षिक धराेहरका रूपमा रहेकाे त्रिभुवन बहुमुखी क्याम्पस,तानसेन नगरपालिका,सामुदायिक सेवा केन्द्र,भगवती गुठी,पाल्पा उधाेग वाणिज्य संघ,जिल्ला खेलकुद विकास समितिमा पुगी नागरिकहरूसँग भेटघाट र गुनासो सुनी समुदायमा काङ्ग्रेस अभियान शुरू गरेको थियाे ।

 

अभियानकै क्रममा रैनादेबी छहरा वडा न ६ जुठापाैवा पुग्नु भएका नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले  कांग्रेसको सांगठनिक सुदृढीकरण लक्षित ‘समुदायमा कांग्रेस’ अभियान पाल्पा जिल्लामा जारी रहेको बताउनुभयो  । काङ्ग्रेस पाल्पाले ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ नारासहित २६ माघसम्म अभियान सञ्चालन गरेको बताउनुभयो  । अभियानमा समुदाय तहमा जनस्तरका समस्याबारे जानकारी लिएर समाधान गर्नेदेखि कांग्रेसको नीतिअनुसार सुझाव संकलन गरिएकाे बताउनुभयाे । अभियानका क्रममा स्थानीयस्तरमा सेवा प्रवाह, विकास निर्माण र समुदायमा भएका असल अभ्यासबारे समेत जानकारी दिइने,जनगुनासाे सुनी स्थानीय जनप्रतिनिधिकाे मातहतमा ती गुनासाेकाे समाधानका लागि पहल कदमी अगाडी बढाइने बताउनुभयो । अभियान २६ माघमा सुशील कोइरालाको स्मृति दिवसको दिन पारेर समापन गरिने बताउनुभयो । अभियान औपचारिक आसन ग्रहण र मन्तव्य लगायतका कार्यक्रम हुनेछैनन् । जनस्तरका गुनासा र सुझाव संकलनमा केन्द्रित हुने गरि जिल्ला भरि नै अभियान जारी रहेको सभापति श्रेष्ठले जानकारी दिनुभयाे । काङ्ग्रेस पाल्पाका जिल्लाका ८१ वटै वडामा प्रतिनिधि खटाई अभियान जारी रहेको बताउनुभयो  । 

 

कार्यक्रम बारे प्रकाश पार्दै नेपाली काङ्ग्रेस पाल्पा क्षेत्र न २ का पुर्व क्षेत्रीय सभापति एवम निवर्तमान गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले काँग्रेसले सुरु गरेको अभियानबाट जनताका समस्या बुझ्ने र सोही अनुसार साझा सङ्कल्प तयार पार्ने बताउनुभयाे । लोकतन्त्र र जनजीविकाको सवालमा काँग्रेस दृढ संकल्पित भएको बताउँदै उनले समाजलाई जोडेर एकताबद्ध बनाउने प्रस्ट पार्नुभयाे । काङ्ग्रेसले जनताकाे गुनासो सुन्न गाउँ घर,टाेल टाेलमा आएकले आम नागरिकहरूले निर्धक्कसँग आफ्नागुनासा,समस्याहरूलाई राख्न आर्गह गर्नुभयाे । अब छिटै जुठापाैवाका नागरिकहरूसँग छलफल गरि जनताको गुनासालाई समाधान गर्न टाेल विकास,सस्था,विद्यालय,सामाजिक संघ सस्थामा पुग्ने बताउनुभयो ।



नेपाली काङ्ग्रेस रैनादेबी छहरा गाउँपालिकाका सभापति बिष्णु पाेखरेलले माघ २६ गते सम्म विभिन्न कार्यक्रम गरि अभियान जारी रहेको बताउनुभयो । काङ्ग्रेस रैनादेबी छहराले पालिकाका ८ वटै वडामा जिल्लाबाट खटिएका प्रतिनिधिकाे मातहतमा अभियान जारी रहेको बताउनुभयाे ।

Comments