सामाजिक अभियान्ता रानाले दिए बगनासकालीका ३५ सय जना वृद्धवृद्धालाई लाैराे

⟨रानाले विद्यालयहरूमा करिब ५० लाख भन्दा धेरै रकमकाे अक्षयकोष समेत स्थापना गरेका छन । ⟩

 

पाल्पा- पाल्पाको बगनासकाली गाउँपालिका वडा न २ निवासी पदम रानाले वृद्धवृद्धा र फरक क्षमता भएका व्यक्तिहरूका लागि ३५ सय भन्दा धेरै लाैराे वितरण गर्नुभएकाे छ । हाल दुबई बस्दै आएका रानाले वृद्धवृद्धाकाे बुढेसकालकाे साहारा स्वरूप पालिकाका ९ वटै वडामा पुगी लाैराे वितरण गर्नुभएकाे हाे । 

 

सुर्य कुमारी कुवर बगनासकाली वडा न ३ निवासी हुनुहुन्छ । उमेर ९२ बर्ष पुग्नु भएकि कुवरले लाैराेसँग न्यानाे कपडा पाउँदा खुशी भएको सुनाउनुभयो । जाडाे समयमा आफ्नाे गाउँ ठाउका जेष्ठ वृद्ध वृद्धालाई सम्झिएर कपडा र लाैराे उपहार दिएकाेमा खुशी छाै,उहाँले बताउनुभयो । आगामी दिनमा अझ यस्तै सामाजिक कार्यमा अग्रसरता बढाेस शुभकामना व्यक्त गर्दछु । ९२ बर्षिय कुवरले बताउनुभयो । 

 

रानाले वृद्ध वृद्धालाई लाैराे मात्र हाेइन मृगौला पिडित,क्यान्सर पिडित,अति गरिबी परिवारलाई रूपैयाँ २५ हजारका दरले आर्थिक सहयोग समेत गर्नु भएको छ । बगनासकाली पाेखराथाेकमा जन्मनु भएका रानाले आफु सानाे हुदाँ हजुर आमाकाे लागि बुढेसकालकाे साहारा स्वरूप जङ्गलमा लाैराे  बनाउदा हात काटेकाे थियाे । त्यहि दिन देखि  भविष्यमा वृद्ध वृद्धा,फरक क्षमता भएका व्यक्तिहरूलाई लाैराे वितरण गर्ने प्रतिज्ञा गरि विगत समय देखि नै लाैराे वितरण गरिरहेकाे बताउनुभयो । सामान्य घरपरिवार जन्मिनु भएका रानाकाे जीवनमा धेरै संघर्षका क्षणहरूलाई सामना गर्दै अगाडि बढ्नु भएको थियाे । सानाे उमेरमा आर्थिक अभावका कारण शैक्षिक ज्ञान हासिल गर्नबाट बन्चित भएका राना पैसा कमाउनका लागि नेपाल हुदै भारत र दुबईमा पुग्नु भयाे । आफु विदेशबाट घर आउदा बाटाेमा वृद्धवृद्धाहरू,अपांग व्यक्तिहरू देखेमा उपहार स्वरूप लाैराे उपहार दिदै आएकाे बताउने रानाले आफ्नाे पालिकामा विभिन्न समयमा लाैराे वितरण सँगै सामाजिक कार्य गर्दै आउनुभएकाे बताउनुभयो  । दुबईमा सवार चालककाे रूपमा काम गर्दै आएका रानालाई अप्रिल १५ तारिका दिन  झण्डै ७२ कराेडकाे चिठ्ठा पर्याे । साेहि बमाेजिम सामाजिक कार्यमा रुचि राख्ने रानाले आफ्नाे गाउँ ठाउकाे मायालाई सिराेपर गरि पालिकाका ९ वटै वडाका लाैराे वितरण गर्नुभएको छ । 

 

हरेक मानिसले पैसा कमाउछ तर त्यो कमाएको पैसामा सामाजिक क्षेत्रमा खर्च गर्छ की आफ्नो परिवारमा मात्र खर्च गर्छ भन्ने कुरा समाजको लागी महत्वपुर्ण हुन्छ । मानिस जन्मिदा खाली हात र मृत्यु हुदा पनि खाली हात नै हुन्छ उसले जती धेरै धनसम्पत्ती कमाएपनि संगै लिएर जान सक्दैन । जिवित हुदा कमाएको सम्पत्ती सामाजिक काममा खर्च गरेको छ भने उ मरेर गएपनि उसले सबैले सम्झिरहेका हुन्छन । यस्तै नमुना काममा जुटेका छन समाजसेवी पदम राना,उहाँले बगनासकाली गाउँपालिका र तानसेन नगरपालिका विभिन्न विधालयमा शैक्षिक अक्षयकोष स्थापना संगै  वालवालिका लाई झोला, कापी कलम  वितरण गर्नुभएकाे छ । कुनै पनि वालवालिका आर्थिक अभावको कारण पढाईबाट बञ्चित हुन नपरोस भनी रानाले अभियान शुरु गर्नुुभएकाे हाे । आर्थिक अभावको कारण आफुले चाहे अनुसारको अध्ययन गर्न नपाएको कारण पनि रानाले  शैक्षिक अभियानमा  दिल खोलेर सहयोग गर्नु भएको छ  । 

 

समाजसेवी रानाले  कक्षा ३ देखि कक्षा ६ सम्म अध्ययन गरेको  सिद्वि माध्यमिक विद्यालयमा  बगनासकाली ३ आर्यभञ्ज्याङ्ग लाई ८ लाख ८८ हजार ८ सय ८८ रकमको अक्षयकोष स्थापना गर्नु भएको छ । रानाले सिद्ध माविमा अहिले सम्मकै  ठुलो राशीको अक्षयकोष स्थापना  गरेको विधालयले जनाएको छ । रानाले स्थापना गरेको अक्षयकोष बाट पढ्ने इच्छा भएर पनि आर्थिक अभाव भएर विचैमै पढाई छाड्ने विधार्थीको लागी केन्द्रित रहने छ ।  

 

चन्दादाता रानाले अधिकाशं कुमाल समुदायका वालवालिका अध्ययन गर्ने जनता प्राथमिक बिद्यालय बगनासकाली २ पोखराथोकलाई ५ लाख ५ हजार ५ सय ५५ रुपैयाको  अक्षयकोष स्थापना गर्नुभएकाे छ । कुमाल समुदायका अशिकाशं वालवालिकाले आर्थिक अभावको कारण विचैमा पढाइ छाड्ने क्रम अत्याधिक रहेकोले न्युनिकरणको लागी अक्षयकोष स्थापना गर्नु भएको हाे । रानाले बिद्यालयका ६० बालबालिकालाई झोला  र विधालयमा अध्यनरत फरक क्षमताका बालकलाई  ५ हजार रुपैया सहयोग प्रदान गर्नुभएकाे छ । 

 

समाजसेवी रानाले बगनासकाली वडा नं. २ पोखराथोक विष्णु माध्यमिक विद्यालयमा ३ लाख ५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गर्नु भएको छ ।  समाजसेवी रानाले तानसेन वडा न ९ को दमकडा माध्यमिक विद्यालयका  दुष्टिविहानलाई भोजन दाना सहित १ लाख ५ हजार ५ सय ५५ रूपैयाँको अक्षयकोष स्थापना गर्नुभएकाे  छ । बगनासकाली गाउँपालिका वडा नंं ४  खानीछापको हिमाल प्राथमिक विधालय  १ लाख ५ हजार ५सय ५५ रुपैयाको अक्षयकोष स्थापना संगै  ४० जना विद्यार्थीलाई झोला वितरण गर्नु भएको छ । समाजसेवी रानाले  सोही वडाको हिमाल आधारभुत विद्यालयमा  ५ लाख ५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष र  विधार्थी लाई ७० वटा झोला वितरण गर्नु भएको छ । 

 

म अहिले निकै खुसी छु, जन्म भुमी प्रति केही सेवा गर्न पाउदा मेरा हात रमाएका छन मनभरी खुसी भरिएको छ । मेरो समय र क्षमता भ्याउदा सम्म यहाको सामाजिक कार्यमा निरन्तर  सहयोग गर्ने रानाले बताउनुभयाे । आफु सानो छदा आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्नबाट बन्चित भएकोले  रानाले आर्थिक अभावका कारण शिक्षा आर्जन गर्नबाट कोहि पनि बन्चित नहुने भन्ने हेतुका साथ सामाजिक कार्यलाई अगाडि बढाउदै आएको रानाले बताउनुभयाे । 

Comments