ज्योतिष परिषद् नेपाल पाल्पाको अध्यक्षमा कृष्ण वस्याल
पाल्पा, ज्योतिष परिषद् नेपालले देशव्यापी रूपमा संगठन विस्तार गर्ने अभियानअन्तर्गत पाल्पामा ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ। लुम्बिनी प्रदेश सदस्य दशरथ पाण्डेको अध्यक्षतामा बसेको बैठकले कृष्ण वस्याललाई अध्यक्ष चयन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थराज वस्याल, प्रथम उपाध्यक्षमा हरी पाण्डेय, द्वितीय उपाध्यक्षमा कमलराज पौड्याल, सचिवमा हरीशंकर वस्याल, सहसचिवमा लक्ष्मण पाण्डे, कोषाध्यक्षमा गोविन्द देवकोटा तथा सदस्यहरूमा हरीनारायण लम्साल, जयराम सापकोटा, विष्णु घिमिरे र एकादेव कोइराला चयन भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सदस्य दशरथ पाण्डेले वैदिक सनातन परम्परा र हिन्दू धर्मावलम्बीहरूको जीवनमा ज्योतिषीय विधाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नवगठित समितिले संस्थालाई सुदृढ बनाउँदै समाजमा सही ज्योतिषीय ज्ञान प्रवाह गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले संस्थागत एकता, अनुशासन र रचनात्मक गतिविधिमार्फत परिषद्को उद्देश्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो।
बैठकले आगामी दिनमा जिल्लाभर परिषद्को संगठन विस्तार गर्ने, ज्योतिषसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, वैदिक ज्योतिषको अध्ययन, अनुसन्धान तथा संरक्षणमा जोड दिने र समाजमा जिम्मेवार तथा विश्वसनीय रूपमा ज्योतिषीय सेवाको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
पाल्पा, २०८२ पुस २२। ज्योतिष परिषद् नेपालले देशव्यापी रूपमा संगठन विस्तार गर्ने अभियानअन्तर्गत पाल्पामा ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ। लुम्बिनी प्रदेश सदस्य दशरथ पाण्डेको अध्यक्षतामा बसेको बैठकले कृष्ण वस्याललाई अध्यक्ष चयन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थराज वस्याल, प्रथम उपाध्यक्षमा हरी पाण्डेय, द्वितीय उपाध्यक्षमा कमलराज पौड्याल, सचिवमा हरीशंकर वस्याल, सहसचिवमा लक्ष्मण पाण्डे, कोषाध्यक्षमा गोविन्द देवकोटा तथा सदस्यहरूमा हरीनारायण लम्साल, जयराम सापकोटा, विष्णु घिमिरे र एकादेव कोइरालाचयन भएका छन्।

Comments